• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता हलेसी तुवाचुङलाई

जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता हलेसी तुवाचुङलाई


समायोजन खबर
  • शनिबार, असोज २० २०८०

  • हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय।

    समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता पाएको छ। नगरपालिकाले अन्तर्राष्ट्रिय संस्थासँग सोसियल नेटवर्क बढाउने क्रममा जापनिज संस्था ‘मेयर फर पिस’ले सदस्यता पाएको हो।

    सदस्याताको लागि नगरपालिकाले निवेदन दिएको थियो। सोही आधारमा स्थानीय तहहरूको समृद्धिका लागि एकताबद्ध हुने उद्देश्यसाथ स्थापित शान्ति र विकाकासका लागि अघि बढेको संस्थाको सदस्यता प्राप्त गरेको मेयर विमला राईले बताउनुभयो।

    उक्त संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन्। नेपालमा ३३ वटा पालिकाले हालसम्म सदस्यता पाएका छन्। सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा बनेको संस्थामार्फत मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, शान्तिको र संस्कृतिको लागि काम गरिरहेका छन्। शान्ति प्रत्येक ब्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ।

    नगरसंगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातीको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology