समायोजन खबर खोटाङ, खोटाङका यातायात व्यवसायीले सवारी चालक मृत फेला परेको विषयमा सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।
आइतबार खोटाङ यातायात प्रालिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको यातायात व्यवसायीले ११ असोजमा मृत फेला गरेका रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीका ३३ वर्षीय नवराज आचार्यको विषयमा सत्यतथ्य पत्ता लगाउन र दोषी पहिचान गरेर कानुनी कारबाही गर्न माग गरेको हो।
खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई ज्ञापन–पत्र बुझाउँदै चालक मृत फेला परेको घट्नाको विवरण सार्वजनिक गर्न,दोषी पत्ता लगाएर कारबाही गर्न र मृतक आफन्तलाई उचित क्षतिपुर्तीको व्यवस्था दिलाउन ध्यानाकर्षण गराएका छन्। चालक आचार्यको मृत्युका विषयमा चित्तबुझ्दो विवरण सार्वजनिक नभए र दोषी पहिचान गरेर कारबाहीको दायरामा नल्याइए जिल्लाभर यातायातका सवारी साधन ठप्प पार्ने प्रालिका महासचिव हिङमाङले बताए।
सुमो चालक आचार्य ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित वडा कार्यालय जाने बाटोमा त्रिभुवन माबिको गेट नजिकै मृत फेला परेका थिए। आचार्यको शव डेरा बस्दैआएको घरको डिलमुनि अर्को घरको कुलेसोमा घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुई वटा काठको मुढोले किचेको, खुट्टामा चप्पल रहेको अवस्थामा फेला परेको थियो।
आचार्यको साथमा मोबाईल र बेल्टमा बाँधिएको गाडीको चाँबी भेटिएको प्रहरीले जनाएको छ। मृतक आफन्तले घट्नालाई शंकास्पद मानिरहेका छन्। आचार्य ऐसेलुखर्कबाट अन्यत्र ओहोर दोहोर गर्ने सुमो चलाउँदैआएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology