• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखाको एटिएम बिग्रदा सेवाग्राहीलाई शास्ती

राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखाको एटिएम बिग्रदा सेवाग्राहीलाई शास्ती


समायोजन खबर
  • शुक्रबार, असोज १२ २०८०

  • राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलको एटिएम। तस्विरः चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दिक्तेल शाखाको एटिएम मेशिन बिग्रदा सेवाग्राही सेवा लिनबाट बञ्चित भएका छन्।

    महिना दिन अघिबाट बिग्रिएको एटिएम मेशिन पटक–पटक बनाउँदा पनि नबनेपछि सेवाग्राहीले शास्ती खेप्नु परेको छ।
    एटिएमबाट पैसा निकाल्न आएका सेवाग्राहीहरु दुःख पाउँदै अन्य बैंकको एटिएम प्रयोग गर्न बाध्य छन् । अन्य बैंकको एटिएमदेखि पैसा निकाल्दा प्रतिपटक १५ देखि २० रुपैयाँसम्म खर्च हुने गरेको छ।

    महिना दिनअघिबाट बिग्रिएको एटिएम मेशिन छ पटक ईन्जिनियर बोलाएर बनाउँन लगाउँदा पनि बन्न नसेको बैंकका शाखा प्रवन्धक राम कुमार आचार्यले बताए।

    फेरी एटिएम बनाउँन आज (शुक्रबार) ईन्जिनियरहरु दिक्तेल आएका छन्। भोली बन्छ भनेका छन्। चाडपर्व नजिक आईसक्यो। आचार्यले भने,, ‘यदि भोली पनि एटिएम नबनेमा मुडेस्थित आर्मी व्यारेकमा भएको एटिएम मेशिन नै ल्याएर राख्छौ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology