• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रावाबेंशी गाउँपालिकामा तोरीको तेल पेल्न मिल जडान

रावाबेंशी गाउँपालिकामा तोरीको तेल पेल्न मिल जडान


समायोजन खबर
  • बिहिबार, असोज ११ २०८०

  • विधुतको स्वीचअन गरेर मिल सञ्चालन गर्नुहुँदै रावाबेशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ।

    समायोजन खबर खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिकाले स्थानीयले उत्पादन गरेको तोरी पोलेर खानेतेल उत्पादन गर्नलाई विधुतीय मिल जडान गरेको छ।

    गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारस्थित प्रहरी चौकीसँगै जोडिएको माधव पाण्डेको घरमा बुधबार हिजो मिल जडान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले जानकारी दिए। राईका अनुसार मिल जडानमा सामुदायिक विधुतीकरणले प्राविधिक सहयोग गरेको थियो।
    मिल खरीद, ढुवानी र जडान खर्चसहित कूल ४ लाख ९२ हजार ५३५ रुपैयाँ खर्च भएको छ। पालिकाले जडान गरेको मिल स्थानीय कटहरे कृषक समूहका सदस्य तथा मिल जडान गरिएको घरधनी पाण्डेले चलाउने छन्। गाउँपालिकाभरीका किसानले आफूले उत्पादन गरेको तोरी पेल्दा बजार मुल्यमा ५ रुपैयाँका दरले छु दिईनेछ। छुट दिईएको पैसा गाउँपालिकाले व्यहोर्ने कृषि शाखा संयोजक राईले बताए। जडान भएको मिल गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले विधुतको स्वीचअन गरेर सञ्चालन गरेका थिए।

    गतवर्ष मात्रै गाउँपालिकाले ६ सय ५० जना कृषकलाई एक हजार २६० केजी तोरीको बिउ वितरण गरेको थियो। छ वडा रहेको उक्त गाउँपालिकाभरी १२५ हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदै आएको छ।
    कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे, वेल्टार, खार्पाको दसमुरे, जलजले, लामिडाँडाको तिर्पा बेँसीको भूभाग, डुम्रे धारापानीको कटहरे बेँसी, खार्पाटार, दुवेकोलको राउटार, हौचुरको हौचुरबेसी, गिद्दे बेसी, टारबेसी,भैसेटारमा तोरी खेती हुन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology