• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा गोरु काटेर सामुहिक भोज आयोजना,चार जना पक्राउ

खोटाङमा गोरु काटेर सामुहिक भोज आयोजना,चार जना पक्राउ


समायोजन खबर
  • मंगलबार, असोज ९ २०८०

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा गोरु काटेर सामुहिक भोज खान/खुवाउनमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो।

    जालपाको मसानेडाँडामा चौंरमा गोरु काटेर स्थानीयलाई भेला गरेर भोज खाएरखुवाएको अभियोगमा चार जनालाई मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक टिकाराज बरालले बताए।

    मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी ९एमएनओ०का कार्यकर्ताले ‘मुलबासी मंगोल साँस्कृतिक क्रान्ती अभियान’लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका थिए। गोरु काट्नमा सहयोग गर्ने, गोरु काटेको, भोज खाँदै गरेको भिडियो शेयर गर्ने लगायतका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये तेजबहादुर टोल बिकास संस्थाको अध्यक्ष हुन्।

    गोरु काटेर खान बोलाएपछि स्थानीय मसानेडाँडा पुगेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए। मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका टंकबहादुर मगरका अनुसार फुटेर गएको बिरलाल राई र जीवन मंगोल राई पक्षको मङ्गोल नेसनल अर्गनाइजेसन–डिजिजि समुहले गोरु काट्ने अगुवाई गरेका हुन्। गोरु काट्नमा अगुवाई गर्नेपक्षलाई छाडेर सहयोगी भूमीका निभाउने स्थानीयलाई पक्राउ गरिएको वडाध्यक्ष राईले गुनासो गरे।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology