• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेलालाई ‘पूर्ण सरसफाईमैत्री पालिका’ बनाउन डस्टविन राख्न सुरु

साकेलालाई ‘पूर्ण सरसफाईमैत्री पालिका’ बनाउन डस्टविन राख्न सुरु


समायोजन खबर
  • शुक्रबार, भाद्र २२ २०८०

  • Exif_JPEG_420

    समायोजन खबर खोटाङ,साकेला गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापन गरि पालिकालाई ’सरसफाईमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिक स्थल तथा कार्यालयहरुमा डस्टविन राख्न सुरु गरेको छ।

    गाउँपालिकालाई ’सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ’सरसफाईमैत्री पालिका’ निर्माण गर्ने भावि लक्ष्य लिईएको छ। बुधबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा पालिकाको मानेभञ्जयाङदेखि नौलाखर्कसम्मको बजार, पार्क तथा सडकमा फ्यालिएका फोहोरमैला हटाउनुका साथै पूर्ण रुपमा सरसफाई गरिनुका साथै आवश्यक पर्ने र बढी जनघनत्व हुने ठाउँमा डष्टविन राखेको छ।
    पालिकाले सबै वडा अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कहरुमा फोहोरमैला व्यवस्थापनका लागि डस्टविन राख्ने तयारी समेत गरेको छ। उक्त स्थानहरुमा केही दिनभित्रै डस्टविन राखिने जनाईएको छ। डष्टविनमा संकलन गरिएको फोहोरमैलालाई पालिकाले डम्पिङ साईडमा लगेर व्यवस्थापन गर्नेछ । फोहोरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका–३ खिदिमामा जग्गाको समेत व्यवस्थापन भईसकेको र डम्पिङ साईड निर्माणको तयारी भईरहेको गाउँपालिका प्रमुख राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology