• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ट्रेड युनियन खोटाङ कांग्रेसले मंसिरभित्र पालिका समिति गठन गर्ने

ट्रेड युनियन खोटाङ कांग्रेसले मंसिरभित्र पालिका समिति गठन गर्ने


समायोजन खबर
  • शुक्रबार, भाद्र २२ २०८०

  • समायोजन खबर खोटाङ,ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिले आगामी मंसिरभित्र दश पालिकामा पालिकास्तरीय समिति गठन गर्ने भएको छ।

    २० भदौमा ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले मंसिरभित्र दुई नगरपालिका र आठ गाउँपालिकामा समिति गठन गर्न पदाधिकारीहरुलाई प्रतिनिधिको जिम्मेवारी तोकेको हो।

    बैठकले हलेसी तुवाचुङ नगरपालिकामा शिवहरी ढकाल, पुस्प कार्की, रावाबेंशी गाउँपालिकामा अमिर विक, पेशल राई, केपिलासगढी गाउँपालिकामा श्याम पौडेल र विवेक पराजुलीलाई प्रतिनिधि तोकेको छ।

    साकेला गाउँपालिकामा रवि खड्का, जन्तेढुंगा गाउँपालिकामा प्रमोज गिरी, वराहपोखरी गाउँपालिकामा रमेश कुमार खत्री, खोटेहाङ गाउँपालिकामा रमेश थापा, ऐसेलुखर्क गाउँपालिकामा एकराज बुढाथोकी र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भोला दाहाललाई प्रतिनिधि तोकिएको ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति सचिव विवेक पराजुलीले बताए।

    बैठकले अनुशासन विभाग प्रमुख हेर्ने जिम्मा रोशन ढकाल, आर्थिक विभाग प्रमोज घिमिरे, राजनैतिक तथा संघसंस्था समन्वय विभाग प्रकाश घिमिरे, प्रचारप्रसार विभाग चिसाङ शेर्पा, संगठन विभाग विवेक पराजुली, श्रम सम्बन्धि विभाग श्याम पौडेल, बैदेशिक रोजगार सम्बन्धी विभाग गोपाल प्रसाद आचार्य, बालश्रम तथा बाध्यकारी श्रमिक विभाग भुपाल राई र शिक्षा विभाग पेशल राईलाई जिम्मेवारी दिईएको छ।

    यस्तै, बैठकले समितिको बैंक खाता खोल्ने, समितिमा रहेका सदस्य, प्रदेश सदस्य, केन्द्रीय सदस्य र प्रदेश संयोजकले प्रत्येक बैठकमा २०० लेबि दिनुपर्ने, ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिको आफ्नै भवन नभएकाले कार्यालय सञ्चालन गर्न विपि स्मृति भवनमा एउटा कोठा माग गर्ने, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, नेतालाई समितिलाई आर्थिक सहयोग माग गर्ने र ट्रेड युनियनलाई सक्रिय बनाउन प्रदेश र संघीय कार्य समितिलाई सचेतनामूलक कार्यक्रम माग गर्ने निर्णय गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology