• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारको नाममा जथाभावी नलेख्न चार पत्रकार संगठनको चुनौती

पत्रकारको नाममा जथाभावी नलेख्न चार पत्रकार संगठनको चुनौती


समायोजन खबर
  • बिहिबार, भाद्र २१ २०८०

  • समायोजन खबर खोटाङ,नेपाल पत्रकार महासंघ खोटाङ सहित चार पत्रकार संगठनले पत्रकारको नाममा जथाभावी नलेख्न चुनौती दिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरीले पत्रकारिताको आडमा सामाजिक सञ्जालमा जथाभावी लेखेर र बोलेर पत्रकारिताको गरीमामा आँच पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले बुधबार संयुक्त विज्ञाप्ती जारी गर्दै पत्रकार आचार संहिता पालना गर्न सचेत गराएका हुन्।

    गिरीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, अरुको मानमर्दन गर्ने, खेदो गर्ने, ‘म पत्रकार हुँ’ भन्दै थर्काउने, गालीगलौज गर्ने र अनुमतिबिना टेलिफोन सम्वाद रेकर्ड गरेर फेसबुकमा राख्ने गरेकोप्रति पत्रकार सम्वद्ध संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

    नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, प्रेस युनियनका सभापति उत्तम चौंलागाई, प्रेस चौतारी नेपालका अध्यक्ष सिताराम राई ९सञ्जिव० र प्रेस सेन्टर नेपालका अध्यक्ष रामधन राईले जारी गरेको विज्ञाप्तीमा गिरीले खोटाङमा ‘म मात्रै पत्रकार हुँ, सबथोक मै हुँ, म मात्रै जान्ने छु, अरु सबै गलत हुन्’ भन्ने शैलीमा सिङ्गो पत्रकारितामाथि धावा बोलेको उल्लेख छ। गिरीले जस्तै जथाभावी जवाफ लेखेर फेसबुकमा प्रतिक्रिया जनाउँदा दोहोरी खेलेजस्तो देखिने तर चुप बस्दा पनि गिरीले लगाएको आक्षेप स्वीकार गरेजस्तो देखिने भएपछि आफ्नो धारणा सार्वजनिक गर्न बाध्य हुनु परेको महासंघका अध्यक्ष खत्रीले बताए। “अरुलाई गाली बेइज्जती गर्ने, आतङ्क फैलाउन खोज्ने, धम्की दिने प्रवृत्ति किमार्थ पत्रकारिताको मूल्य र मान्यताभित्र नपर्ने स्पष्ट गराउन चाहन्छौँ,” विज्ञाप्तीमा भनिएको छ, “आम समुदायलाई भ्रमको पछाडि नलाग्न, फेसबुकमा लेखेको स्टाटसलाई हेरेर धारणा बनाउनुभन्दा आधिकारिक सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण भएका सूचनामा भर पर्न सबैमा आव्हान गर्दछौँ।”

    पछिल्लो समय सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, भ्रम छर्ने र समाजलाई ‘मिसलिड’ गर्ने प्रवृत्ति मौलाइरहेको भन्दै पत्रकार सम्वद्ध संगठनहरुले चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पोष्ट भएका स्टाटसहरुको सत्यतथ्य नबुझी धारणा बनाउँदा गलत सोच तथा विचारको विकास भइरहेको विज्ञाप्तीमा भनिएको छ।

    गिरी हलेसीपाटी डटकमका सञ्चालक हुन् । गिरीले समाचारभन्दा पनि फेसबुकमा स्टाटस लेख्ने गरेका छन् । तर उनले कतिपयलाई गाली गर्ने, होच्याउने, मानमर्दन गर्ने र “सवथोक मै हुँ” भन्ने शैलीमा स्टाटस लेख्ने गरेको देखिन्छ । उनले अरु पत्रकार बिरुद्ध ‘पार्टीको झोले’ भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्ने गरेका छन् । गिरीले किर्ते जालसाजी मुद्धामा जिल्ला अदालत खोटाङबाट २०७९ माघ १९ गते दोषी ठहर भइ २० दिन कैद र तीन हजार जरिवाना सजाय भोगिसकेका छन्।
    हलेसीपाटी अनलाईन दर्ता गर्नेक्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठ्माण्डौंमा व्यवस्थापन विषयमा स्नातक गरेका कुभेसचन्द्र गिरीको प्रमाणपत्रमा आफ्नो नाम राखेर पेश गरेको खुलेको थियो।विज्ञप्ति पढ्नुहोस,

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology