• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल सितोरियो कराते संघ खोटाङको अध्यक्षमा कसजु चयन

नेपाल सितोरियो कराते संघ खोटाङको अध्यक्षमा कसजु चयन


समायोजन खबर
  • आइतबार, भाद्र १७ २०८०

  • मिलन कसजु।

    समायोजन खबर खोटाङ, नेपाल सितोरियो कराते संघ खोटाङको अध्यक्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका मिलन कसजु सर्वसम्मत चयन भएका छन्। जिल्ला खेलकुद विकास समितिको कार्यालयमा शनिबार सम्पन्न चौथो अधिवेशनले कसजुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ।

    संघको उपाध्यक्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका चन्द्र बहादुर राई(मदन) र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका देउधन राई चयन भएका छन्।

    संघको सचिवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका मोतिचन्द्र राई, सह–सचिवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका रोष्मा राई छन्।

    सदस्यहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका युमासाम राई, पाथेकाकै ईश्वरधन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका सुर्यचन्द्र राई र दिक्तेलका सविना श्रेष्ठ रहेकी छन्। पछि मनोनयन गरेर १७ सदस्यीय बनाईने निर्वाचित अध्यक्ष कसजुले बताए।

    संघ निवर्तमान अध्यक्ष सन्जय कुमार राईको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेणुका राई, जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख लिलाभक्त केसी, कराते प्रशिक्षकद्धय बिचारी तामाङ र गोपाल राईको उपस्थिति थियो।

    २०४८ सालमा स्थापना भएको संघको स्थापनाकालमा तत्कालिन बुईपा गाविसका स्वर्गीय बम थुलुङ, दिक्तेल मुढेका बिचारी तामाङ र तत्कालिन लफ्याङ गाविसका सन्जय कुमार राई अध्यक्ष भएका थिए। संघको कार्यकाल ४ वर्षको हुन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology