समायोजन खबर खोटाङ, सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी उत्तर कुमारी राईको मृत्यु दाबी भुक्तानी गरेको हो।
सानिमामा २०७६ माघ २९ गते १५ वर्षे सरल जीवन बीमा गरेकी राईको गत २४ जेठमा काठमाण्डौमा मृत्यु भएपछि आईतबार सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेड खोटाङ शाखा कार्यालयमा दुई लाख २६ हजार ४०० मृत्यु दाबी भुक्तानी गरेको खोटाङ शाखा प्रमुख सन्तोष राईले बताए।
मृतक राईको हकवाला राजन राईको श्रीमती आशा राईलाई चेक हस्तान्तरण गरिएको छ। राईले १५ वर्षमा दुई लाख जम्मा गर्नेगरी वार्षिक १३ हजार ८१० रुपैयाँका दरले ३ किस्तामा ४१ हजार ४३० रुपैयाँ जम्मा गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology