• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध


समायोजन खबर
  • शुक्रबार, भाद्र ८ २०८०

  • समायोजन खबर खोटाङ, झरी वर्षाका कारण लेदो र पहिरो खस्दा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।

    राँगाकाटेमा सडकभन्दा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो। यस्तै, बयाक्तामा सडकमाथिबाट बन्दैगरेको अर्को सडकको माटो लेदोको रुपमा खस्दा मध्यपहाडी अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा खोटाङबाट काठ्माडौं तथा पुर्वी शहर आवतजावत गर्ने यात्रु अलपत्र परेका छन्।

    स्काभेटर प्रयोग गरेर सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए। सडक खुलाउनका लागि प्रहरी चौकी च्यास्मीटारबाट प्रहरी परिचालन गरिएको छ। खोटाङ–काठ्माडौंको बीचमा पर्ने भँडारे खोला, सोखु खोला लगायतका ठाउँमा पनि यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology