समायोजन खबर खोटाङ, लगातारको वर्षाका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा छ जनाको घर पहिरोको उच्च जोखिममा परेको छ।
स्थानीय कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर कार्की, कमानसिं राई, केशव परियार, दिपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घर माथिबाट आएको पहिरोले घरहरु उच्च जोखिममा परेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।
पहिरोका कारण घर जोखिममा परेपछि नगरपालिकाबाट त्रिपाललगायतका सामग्री लिएर जाने तयारी भइरहेको गिरीको भनाई छ। पहिरोमा लेदो बगीरहेकाले थप जोखिम हुने स्थिति रहेकाले सचेत हुन स्थानीयलाई भनिएको गिरीको भनाई छ।
यस्तै, केपिलासगढी गाउँपालिकाको खार्तम्छा र फेदी जोड्ने सडकमा पहिरो खस्दा यातातात बन्द भएको छ। सो सडक भएर पारिपट्टी कुहुँडाँडा मावि जाने विद्यार्थीलाई सडक बन्द भएपछि वारीपट्टी रहेको शुक्रजित माविमा पढ्ने वातावरण मिलाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology