• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार’ डिकवीर राईलाई

‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार’ डिकवीर राईलाई


समायोजन खबर
  • मंगलबार, भाद्र ५ २०८०

  • ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार’ ग्रहण गर्दै शिक्षक डिकवीर राई।

    समायोजन खबर खोटाङ, शुभशेर राई स्मृति प्रतिष्ठानले ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार’ डिकवीर राईलाई प्रदान गरेको छ।

    सरस्वती माध्यमिक विद्यालय अर्खौलेमा कार्यरत शिक्षक राईलाई मंगलबार जिल्ला समन्वय समितिमा स्वर्गीय शुभशेर राईको दोश्रो वार्षिक पुन्यतिथिको अवसरमा आयोजित शुभशेर राई स्मृति दिवसमा नगद ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेको हो।

    प्रतिष्ठानले शुभशेर राई खोटाङ जिल्ला नेतृत्व सम्मान पूर्व शिक्षक केशवराज कार्की, जयप्रसाद आचार्य, देबी रिजाललाई प्रदान गरेको छ। शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट विव्यास सम्मान सिद्धेश्वरी मावि खिदिमाका विव्यास अध्यक्ष मिनराज राई र शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान चिसापानी नमूना माविका प्रअ राम बहादुर राउतलाई प्रदान गरेको छ।यस्तै, शुभशेर राई खोटाङ जिल्ला दीर्घ शिक्षक सेवा सम्मान शान्ती निकेतन मिनाकर्ण माविका शिक्षक नानीबाबु वस्नतेलाई प्रदान गरिएको शुभशेर राई स्मृति प्रतिष्ठानका अध्यक्ष देबविक्रम राईले बताए।

    यस्तै, शुभशेर राई स्मृति प्रतिष्ठानको कोष अभिबृद्धि योजनाका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले ५० हजार तथा स्वर्गीय शुभशेर राईको परिवारको तर्फबाट ७८ हजार सहयोग जुटेको छ। २००७ सालमा बुईपा छिप्ती बेशीटोलमा जन्मिएर ४३ वर्ष शिक्षा क्षेत्रमा जीवन बिताएका राईको २०७८ भदौ ५ गते निधन भएको थियो। राई राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष थिए।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology