• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीका अश्विन राई र खोटेहाङका कविता श्रेष्ठ बने ‘खोटाङ प्रतिभा २०८०’

हलेसीका अश्विन राई र खोटेहाङका कविता श्रेष्ठ बने ‘खोटाङ प्रतिभा २०८०’


समायोजन खबर
  • सोमबार, साउन २९ २०८०

  • गायनमा प्रथम अश्विन राई पुरस्कार ग्रहण गर्दै ।

    समायोजन खबर खोटाङ, खोटाङ कलाकार समाजको आयोजना तथा खोटाङ सेवा समाज बेलायतको सह आयोजानमा सम्पन्न ‘खोटाङ प्रतिभा २०८०’को गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका अस्विन राई प्रथम र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ प्रथम भएकी छन्।

    राष्ट्रिय नाच घर जमलमा सोमबार भएको प्रतिभा छनौट(फाईनल)मा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई (२६२.५) दोश्रो हुँदा वराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार(२५१.५) तेश्रो भएका छन। यस्तै नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोश्रो तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी मनिता राई तेश्रो भएकी छन्।

    गायन र नृत्यमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः समानरुपमा करसहित दुई लाख दुई हजार, एक लाख एक हजार र ५१ हजार राशीको नगद पुरस्कार प्राप्त गरेका छन्।

    गायनमा प्रथम हुनेले तीनवटा गीत रेकर्डिङ गर्न पाउने, एकवटा म्युजिक भिडियोमा अभिनय गर्न पाउने र बेलायतको सांगितिक कार्यक्रममा जान पाउनेछन्। नृत्यमा प्रथम हुनेले एकवटा म्युजिक भिडियोमा अभिनय गर्न र बेलायत जान पाउने खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिए।

    गायनको निर्णायकमा गायक शम्भु राई, संगीतकार सुरेश अधिकारी र गायिका कुन्ती मोक्तान तथा नृत्यको निर्णायकमा नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक महेश गोदार र नृत्य निर्देशक रोहिया महर्जन थिए।

    ‘खोटाङ प्रतिभा २०८०’को पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए। गएको बैशाख ५ गतेदेखि १९ गतेसम्म पालिका प्रतिभा गरेर दुई नगरपालिका र आठ गाउँपालिकाबाट गायन र नृत्यमा एक/एकजना छनौट गरिएको थियो।
    फाईनलमा गायनतर्फ जन्तेढुंगाका दुर्गा राई, खोटेहाङका विकास राई, दिप्रुङ चुईचुम्माका दिलीप राई, केपिलासगढीका राजेश राई, ऐसेलुखर्कका सुमन राई, रावाबेंशीका ममता राई, साकेला गाउँपालिकाका रविन दियालीले फाइनलमा प्रस्तुती दिएका थिए।

    नृत्यमा जन्तेढुंगाकी करुणा राई, केपिलासगढीकी सौलिना तामाङ, ऐसेलुखर्ककी सरिना राई, रावाबेंशीका चिजन मगर, हलेसी तुवाचुङ नगरपालिकाका स्मृति राई(ए), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सलिना भुजेल र साकेला गाउँपालिकाका मेनुका राईले फाइनलमा प्रस्तुती दिएकी थिईन्।प्रतिभाका अन्य सहभागीलाई यातायात खर्च स्वरुप पाँच/पाँच हजार प्रदान गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology