समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा निकासी भईरहेको खयर स्थानीयले नियन्त्रणमा लिएका छन्।
स्थानीय खोक्सेली सामुदायिक वनबाट कटानी गरेर बाहिर लैजाँदै गरेको दुई ट्याक्टर खयर तथा उठाउन बाँकी रहेको तीन ट्याक्टर खयर बुधबार स्थानीय कुन्तादेवी आमा समूहमा आवद्ध महिला तथा त्यहाँका स्थानीयहरुले नियन्त्रणमा लिएका हुन्।
खोक्सेली सामुदायिक वनका सचिव दिलीप दाहालका अनुसार खयर काटिदै छ भनेर २२ साउनमै खबर आएको थियो। गाउँमा सबै बुढाबुढी भएकाले जंगलमा हेर्न जान संम्भव भएन। काटेकै भए पनि यहि बाटो लिएर आउँछ भनियो। जंगलमा जान सकिएन । २४ गते राती साढे ८ बजेतिर लक्ष्मी माविनजिक बरपिपल चौतारीमा खानेपानीको पाइप जोडेर फर्केका स्थानीय महिलाहरुले लोड ट्याक्टर आईपुगेपछि के हो भनेर हेर्दा खयर भेटिएको थियो।
खयर लिएर आएको ट्याक्टर चालकलाई सोधपुछ गर्दा खयर अबैधानिक भएकाले नियन्त्रणमा लिएर गरिवी निवारण संस्थाको भवन बाहिर आँगनमा राखिएको छ । सचिव दाहालका अनुसार वनमा ६०/६२ बोट खयर काटिएको पाईएको छ।
खयर काटिएको विषयमा सामुदायिक वनका अध्यक्ष घनश्याम दाहाललाई सोध्दा आफूहरुलाई थाहै नदिइ खयर काटेको पाईएको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार बडहरेकै हरियाली सामुदायिक वनमा पनि खयर काटिएको अनुमान गरिएको छ।
स्थानीय टीका बहादुर बस्नेतका अनुसार वडा सदस्यहरुबाट खयर काटिदै छ भनेर सामुदायिक वनमा उजुरी आएको थियो। सामुदायिक वनका सचिव दाहालले उपभोक्ताहरुलाई २५ गते अनुगमन पठाएको थियो। जाँदा खयर काटेको भेटिएछ। बस्नेतले भने, २४ गते खयर नियन्त्रणमा लिईएको हो। उनका अनुसार बैशाख जेठबाटै एकादुई गदै खयर काट्न थालेको अनुमान गरिएको छ।
खयर नियन्त्रणमा लिईएको भनिएको कुन्तादेवी आमा समूहकी अध्यक्ष पवित्रा दाहाललाई सम्पर्क गर्दा उहाँको फोन नम्बर स्वीच अफ छ। सव डिभिजन वन कार्यालय महादेवस्थानका प्रमुख राम सागर मण्डलका अनुसार काटिएको सबै खयर जफत गरेर कानुन अनुसार कारवाहीका लागि प्रक्रिया अघि बढाईएको छ । खयर जफत गरिएको स्थानबाट सम्पर्कमा आएका प्रमुख मण्डलले भने स्थानीयले नभएर खोक्सेली सामुदायिक वनले नै खयर जफत गरेको बताउनुभयो।
जुनसुकै स्थानको खयर निकासी गर्दा सरकारलाई राजस्व तिरेर लाने गरेको, जफत गरिएको खयर पनि छानविनबाट सत्यतथ्य आउने खयर निकासी गर्ने निर्माण व्यवसायी अनिल राईले बताउनुभयो ।
छानविन समिति गठन
खयर कटान र निकासीको सत्यतथ्य पत्ता लगाउन खोक्सेली सामुदायिक वनका अध्यक्ष घनश्याम दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाईएको छ। शनिबार बनाईएको समिति सदस्यमा तेज कुमार पौडेल, भेष बहादुर खत्री, बासुदेव दाहाल र भेष बहादुर भुजेल रहेका छन्। समितिले ५ दिनमा सामुदायिक वनको साधारण सभामा प्रतिवेदन बुझाउँनु पर्नेछ। उनीहरुलाई छानविन गर्नमा वनका प्राविधिकहरुले सहयोग गर्नेछ।
प्रतिवेदनले जे भन्छ त्यही अनुसार कारवाही हुने सव डिभिजन वन कार्यालय महादेवस्थानका प्रमुख राम सागर मण्डल बताउँछन्। खयरको विषयको छानविन समितिले प्रतिवेदन बुझाएसँगै सामुदायिक वनले साधारण सभा गर्नुपर्नेछ । मुद्दा किनारा लगाउन वनले साधारणसभा गर्नैपर्छ। त्यसमा हामी पनि हुन्छ। मण्डलले भन्नुभयो ।‘डिकुवामा पनि नीजि व्यक्तिको खयर काटिए बुझिएको छ। त्यहाँ पनि सत्यतथ्य बुझ्न भोली जान्छौ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology