• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लम्पी स्किन महामारी : हप्ता दिनमा १२ गोरु मरे

लम्पी स्किन महामारी : हप्ता दिनमा १२ गोरु मरे


समायोजन खबर
  • शुक्रबार, साउन २६ २०८०

  • लम्पी स्किनका कारण मरेको गोरु पुर्दै किसान।

    समायोजन खबर खोटाङ, पशुहरुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा हप्ता दिनमा १२ वटा गोरु मरेको छ।

    १९ साउनदेखि २५ साउनसम्म हलेसी तुवाचुङ नगपालिकामा ५ वटा, केपिलासगढी गाउँपालिकामा २ वटा र साकेला गाउँपालिका ५ वटा गोरु लम्पी स्किन रोगबाट मरेको विवरण प्राप्त भएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुगा गाउँपालिका र रावाबेशी गाउँपालिकामा यो हप्ता गाई गोरु मरेका छैनन्।
    हालसम्म लम्पी स्किनले ७६८ चौपाया मरे
    १९ साउनदेखि २५ साउनसम्मसहित हालसम्म खोटाङमा ७६८ वटा पशु चौपाया मरेका छन्।

    भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङको विवरण अनुसार लम्पी स्किन रोग देखा परेदेखि हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५७, हलेसी तुवाचुङ नगरपालिकामा ३१, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २८४, केपिलासगढी गाउँपालिकामा ४७ वटा गाईगोरु लम्पी स्किन रोगले मरेका छन्।

    ऐसेलुखर्क गाउँपालिकामा ५१, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुंगा गाउँपालिकामा २४, रावाबेंशी गाउँपालिकामा ८३ र साकेला गाउँपालिकामा ७५ वटा पशु चौपाया लम्पी स्किनले मरेको अधिकारीहरुले बताएका छन्।

    लम्पी स्किनविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले २४ असारमा प्रत्येक स्थानीय तहलाई एक लाखका दरले बजेट दिए पनि केपिलासगढी र बराहपोखरी गाउँपालिकाले मात्रै पशु चौपायामा लम्पी स्किनविरुद्धको खोप लगाएका छन्।

    गाई गोरुमा १०५ डिग्रीसम्मको ज्वरो आउनु फोकाहरु आउनु, मुखबाट ¥याल काढ्नु, सिगाँन बग्नु, २÷४ दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुनिन्नु, घाँटी सुन्निनु लम्पी स्किन रोगका लक्षणहरु हुन्। अधिकारीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा गत चैतमा पहिलो पटक गोरुमा लम्पी स्किन रोग भेटिएको रिपोर्टिङ भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology