• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज एसईई ग्रेडबृद्धि परीक्षा,खोटाङमा १२४३ जना सहभागी,गणितमा बढी

आज एसईई ग्रेडबृद्धि परीक्षा,खोटाङमा १२४३ जना सहभागी,गणितमा बढी


समायोजन खबर
  • शुक्रबार, साउन २६ २०८०

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, माध्यमिक शिक्षा परीक्षा(एसईई)२०७९को ग्रेडबृद्धि परीक्षा आज र भोली हुँदैछ। खोटाङमा ८२ विद्यालयका एक हजार २४३ जना विधार्थीले दिक्तेलबजारस्थित चारवटा परीक्षा केन्द्रबाट ग्रेडबृद्धि परीक्षा दिनेछन्।

    सरस्वती माध्यमिक विद्यालयबाट ४१० जना, पञ्च माध्यमिक विद्यालयबाट २८५ जना, दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलबाट २४८ जना र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलबाट ३०० जनाले ग्रेडबृद्धिको परीक्षा दिदैछ। परीक्षा अहिले बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

    गणित विषयमा ग्रेडबृद्धि परीक्षा दिने विधार्थी सबैभन्दा बढी छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार एक हजार २३ जनाले गणित विषयको ग्रेडबृद्धि परीक्षा दिनेछन्। ५५० जनाले विज्ञान विषयको परीक्षा दिदैछन्। यस्तै, अर्थशास्त्रमा २०७ जना र अनिवार्य अंग्रेजीमा १८६ जना विधार्थीले ग्रेडबृद्धि परीक्षा दिने इकाईले जनाएको छ।

    कुनै पनि दुई विषयमा ‘डि’ र ‘ई’ गे्रड ल्याउने विधार्थीले अनिवार्य रुपमा ग्रेडबृद्धि परीक्षा दिनुपर्नेछ । यदी ‘सी’ ग्रेड ल्याउने विधार्थीले ग्रेडबृद्धि गर्न चाहेमा परीक्षा दिन पाउने प्रावधान रहेको छ।

    गणित र विज्ञान विषयमा विधार्थी कमजोर हुनुमा सानैबाट बालबालिकामा बेस राम्रो नहुनु, दक्ष विषयगत शिक्षकहरु उपलब्ध नहुनु तथा भएका शिक्षकले शैक्षिक सामाग्री प्रयोग गरेर शिक्षण नगराउँदा विधार्थीहरु कमजोर देखिएको सरस्वती मावि दिक्तेलका प्रधानाध्यापक केशर कुमार राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology