• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरोले माक्पा-दुबेकोल सडक अवरुद्ध

पहिरोले माक्पा-दुबेकोल सडक अवरुद्ध


समायोजन खबर
  • शनिबार, साउन १३ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका र रावाबेसी गाउँपालिका जोड्ने माक्पा-दुबेकोल सडक अवरुद्ध भएको छ।

    शुक्रवार राति परेको अविरल वर्षाका कारण भिरपानीमा पहिरो खस्दा ऐसेलुखर्क गाउँपालिका–७ माक्पा र रावाबेसी गाउँपालिका–५ दुबेकोल जोड्ने सडक अवरुद्ध भएको हो।

    सडकमा पहिरो खसेपछि गाडी आवागमन ठप्प भएको छ। सडकमा खसेको पहिरो स्थानीयको सहयोगमा पन्छाउने काम भइरहेको ऐँसेलुखर्क गाउँपालिका–७ माक्पाका वडाध्यक्ष अरुण राईले बताए।

    तीनरचार घण्टामा जीप र बेलुकासम्ममा बस आवतजावत गर्न सक्ने गरी सडक सञ्चालनमा ल्याउने काम भइरहेको वडाध्यक्ष राईको भनाई छ। सडकमा ठूलाठूला ढुङ्गा थुप्रिएकाले पहिरो हटाउन समय लाग्ने राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology