• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमाले खोटाङले पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस मनायो

एमाले खोटाङले पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस मनायो


समायोजन खबर
  • आइतबार, साउन ७ २०८०

  • पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकमा माल्यार्पण गर्दै मालेका नेताहरु।

    समायोजन खबर खोटाङ, नेकपा एमाले खोटाङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस मनाएको छ।
    आज (आईतबार) पुष्पलाल स्मृति भवन भवनगैरास्थित पार्टी कार्यालय परिसरमा रहेको पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकमा माल्यार्पण गरेर स्मृति दिवस मनाईएको नेकपा एमालेका जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए।

    स्मृति दिवसका अवसरमा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा झापा इन्चार्ज बिशाल भट्टराई, एमालेका केन्द्रीय सदस्य तथा खोटाङ इन्चार्ज राजेन्द्र राई, कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्र इन्चार्ज यज्ञराज सुनुवार, केन्द्रीय सदस्य तथा ओखलढुंगा इन्चार्ज खगेन्द्र राई, केन्द्रीय सदस्य तथा नेपाल लोकतान्त्रिक अपाङग महासंघका केन्द्रीय इन्जार्च उषाकला राई, केन्द्रीय सदस्य तथा खोटाङको पालिका इन्चार्ज रमेश पौडेल, प्रदेश कमिटी सदस्यहरु, जिल्ला अध्यक्ष राम प्रसाद दंगाल लगायत पदाधिकारीहरु, विभिन्न जनसंंगठनका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरुले श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए।२०८१ साल असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीहरुले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology