• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा लिची उत्पादन बढ्दा आँपको उत्पादन घट्यो

खोटाङमा लिची उत्पादन बढ्दा आँपको उत्पादन घट्यो


समायोजन खबर
  • सोमबार, साउन १ २०८०

  • आफ्नो बगानको लिची टिप्दै कुभिण्डेका प्रेम बहादुर राना मगर।

    समायोजन खबर खोटाङ,खोटाङमा लिची उत्पादन बढेको छ। आर्थिक वर्ष २०७८/२०७९ को तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा ५ मेट्रिक टनले लिचीको उत्पादन बढेको हो।

    आर्थिक वर्ष २०७८/२०७९ मा १४८ मेट्रिक टन लिची उत्पादन हुँदा आर्थिक वर्ष २०७९/२०८० मा १५३ मेट्रिक टन लिची उत्पादन भएको छ। जिल्लाभर १५२ हेक्टर क्षेत्रफलमा लिची रोपिए पनि ३० हेक्टर क्षेत्रफलमा लगाईएको लिचीले मात्रै उत्पादन दिंदै आएको छ।कुभिण्डेका प्रेम बहादुर राना मगरको बगानको लिची।

    लिचीमा सुलसुले लाग्ने र फलको भेट्नुमा गबारो लाग्ने गरेको कृषकहरु बताउँछन्। लिचीलाई सुलसुले किरा तथा गबारोबाट बचाउन भर्खरै सकिएको आर्थिक वर्षमा बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीले रावाबेंशी गाउँपालिकामा तीनवटा स्प्रेयर र विषादी वितरण गरेको थियो।
    जिल्लाको कुभिण्डे, खार्पा, हौचुर, दुबेकोल, डुम्रेधारापानी, बुईपा, बिजयखर्क, महादेवस्थान, धितुङ लगायतका स्थानमा व्यवसायिक रुपमा लिची खेती हुदै आएको छ।महादेवस्थानस्थित कात्तिकेमा फलेको आँप।

    यस्तै, खोटाङमा गतवर्षको तुलनामा यसवर्ष आँपको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/२०७९ मा १९० मेट्रिक टन उत्पादन भएको आँप आर्थिक वर्ष २०७९/२०८० मा १८५ मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । किरा लाग्नाले आँपको उत्पादन घटेको हो। जिल्लाभर ९८ हेक्टर क्षेत्रफलमा आँप खेती गरिए पनि ५९ हेक्टर क्षेत्रफलमा लगाईएको आँपले मात्रै उत्पादन दिंदै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology