समायोजन खबर खोटाङ, पशुहरुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा भयावह रुप लिंदै गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा गत चैतमा देखिएको लम्पी स्किन महामारीले भयावह रुप लिंदै गएको हो।
२१ असारदेखि २७ असारसम्म अर्थात हप्ता दिनमा खोटाङमा ८१ वटा गाई गोरु मरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५, हलेसी तुवाचुङ नगरपालिकामा १, खोटेहाङ गाउँपालिकामा ३, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७ वटा गाई गोरु मरेको छ।
केपिलासगढी गाउँपालिकामा ५, ऐसेलुखर्क गाउँपालिकामा १४, बराहपोखरी गाउँपालिकामा ८, जन्तेढुंगा गाउँपालिकामा २, रावाबेशी गाउँपालिकामा २२ र साकेला गाउँपालिकामा ४ वटा गाई गोरु मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका फोकल पर्सन पशु विकास अधिकृत डा. वर्जेश यादवले जानकारी दिए।
यादवका अनुसार हप्ता दिनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५० वटा गाई गोरु, १० वटा भैसी/राँगा, हलेसी तुवाचुङ नगरपालिकामा ४५ वटा गाई गोरु, खोटेहाङ गाउँपालिकामा १५३ वटा गाई गोरु, २ वटा भैसी/राँगा, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ११२ वटा गाई गोरु, ७ वटा भैसी/राँगा, केपिलासगढी गाउँपालिकामा २१ वटा गाई गोरु, १ वटा भैसी लम्पी स्किन महामारीबाट प्रभावित भएका छन्।
ऐसेलुखर्क गाउँपालिकामा १६० वटा गाई गोरु, १२ वटा भैसी/राँगा, बराहपोखरी गाउँपालिकामा ११८ वटा गाई गोरु, ५ वटा भैसी, जन्तेढुंगा गाउँपालिकामा १३० वटा गाई गोरु, १० वटा भैसी राँगा, रावाबेशी गाउँपालिकामा २०५ वटा गाई गोरु, ५ वटा भैसी र साकेला गाउँपालिकामा ४३ वटा गाई गोरु लम्पी स्किनबाट प्रभावित भएका छन्।
केपिलासगढी गाउँपालिकाले २२ र बराहपोखरी गाउँपालिकाले १५० वटा गाई गोरुलाई आफ्नै लगानीमा खोप ल्याएर लम्पी स्किन विरुद्धको खोप लगाएको छ। गत चैतबाट महामारीको रुपमा फैलिएको लम्पी स्किनले २१ असारभन्दा अघिसम्म खोटाङमा ३२७ वटा गाई गोरु तथा बाछाबाछी मरिसकेका छन्।
मन्त्रालयबाट आएको भ्याक्सिन तथा औषधि दुई पटक स्थानीय तहलाई बाँडेर लम्पी स्किन महामारी नियन्त्रणको प्रयास गरिएको थियो। तर, त्यतिले मात्र महामारी नियन्त्रण नभएपछि २४ असारमा मन्त्रालयले प्रत्येक स्थानीय तहलाई खोप किन्न एक/एक लाख बजेट पठाई दिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका फोकल पर्सन पशु विकास अधिकृत डा. यादवले बताए।
गाई गोरुमा १०५ डिग्रीसम्मको ज्वरो आउनु फोकाहरु आउनु, मुखबाट ¥याल काढ्नु, सिगाँन बग्नु, २/४ दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुनिन्नु, घाँटी सुन्निनु लम्पी स्किनका लक्षणहरु हुन्। गाई गोरुमा देखिएको लम्पी स्किन रोग विस्तारै भैसी र राँगमा देखिनुले किसानहरु झन त्रसित भएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology