समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष तथा नगरसभा सदस्य लिला कुमार चौहानले नगरले ल्याएको नीति तथा कार्यक्रम र बजेट बहिष्कार गरेका छन्।
नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट वितरणमुखी र प्रचारमुखी कागजी फण्डा मात्रै भएकाले आईतबार नगरसभाको दोश्रो बैठकको शुन्य समयमा बोलेर नीति तथा कार्यक्रम र बजेट बहिष्कार गरेको चौहानले बताए।

बुवालुङका वडाध्यक्ष लिला कुमार चौहान।
सोमबार इन्द्रेणी होटलमा पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम गर्ने ठाउँ, वडा र योजनाको नाम समेत नतोकेपछि कार्यक्रम सञ्चालन गर्दा आफ्नो सहजतामा वितरण गर्ने गरी करोडौ बजेट नीति तथा कार्यक्रममा समावेश गरिएको चौहानको भनाई छ।विगत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरवासीलाई हात्ति आयो हात्ति आयो फुस्स भने झै भयो। यो वर्षको नीति तथा कार्यक्रम पनि कागजी दस्तावेज मात्र हुने निश्चित छ। एकलौटी, एकतर्फी ढंगले प्रस्तुत भएको कार्यक्रमले कुनै परिवर्तन संम्भव छैन र हुदैन। नीति तथा कार्यक्रम पक्षपाती छ। चौहानले जारी गरेको प्रेस नोटमा भनिएको छ।
नीति तथा कार्यक्रममा अलपत्र रहेको दिक्तेलबजार ढलान व्यवसायीलाई दोष देखाउँदै बजेटको व्यवस्था गर्न नसकी आफू उम्कन खोज्ने किसिमले समावेश गरेको देखिन्छ। यस्तो गलत प्रचार निन्दनीय छ। विकास बजेटको ठूलो हिस्सा अनिवार्य दायित्वका लागि छुट्याउनु पर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको छ भन्ने वाक्य गलत छ। किन की त्यो दायित्व नगर विकासकै लागि हो। तर, पूर्व जनप्रतिनिधिलाई दोष देखाउनेका लागि प्रचार गर्ने उद्देश्यले नीति कार्यक्रममा समावेश गर्नु दुःखद हो। चौहानले भने।
छानविन समितिको प्रगति विवरण कहाँ पुग्यो ?
पत्रकार सम्मेलन माफर्त जारी गरिएको प्रेस नोटमा भ्रष्टचारीलाई कारवाही गर्न उपमेयर विसन राईको संयोजकत्वमा गठन भएको छानविन समितिको प्रगति विवरण कहाँ पुग्यो ? के कतीलाई कारवाही भयो ? जानकारी दिन चौहानले माग गरेका छन्।
चौहानले पहिलो जनप्रतिनिधिको पालादेखि चलिरहेको उपप्रमुखसँग महिला कार्यक्रमको बजेट कहाँ र कसरी खर्च भईरहेको, पूर्व जनप्रतिनिधिहरुको विदाईसँगै मौज्दात पाँच करोड ३१ लाख रकम कुन विधिबाट कहाँ खर्च भएको पारदर्शी गर्न चुनौती दिएका छन्।
कार्यपालिकामा निर्णय नगरी राज्यको ठूलो धनराशी खर्च गरी मोटरसाइकल खरिद गर्ने र वितरण गर्ने, एउटा वडामा तीनवटा सरकारी मोटरसाइकल उपलब्ध गराउने, वडाको स्वास्थ्य, कृषि र भेटनरीको कोटा कटौती गरी अन्याय गर्ने, आफू खुशी कर्मचारीको क्षमता अनुसार काम गर्न नदिने सकेसम्म सरुवा गर्ने नत्र सरुवा जान बाध्य गराउने, सिमित विचौलियाहरुलाई फाइदा पु¥याउने ऐन,कानुनहरु संशोधन गर्ने र अनावश्यक रुपमा निवर्तमान मेयर, उपमेयरको नाम लेख्न लगाई केही सिमित व्यक्तिहरु बसी निर्णय गरी कार्यपालिका,नगरसभामा प्रस्ताव नगरी सार्वजनिक गर्नेजस्ता अपारदर्शी कामहरु नगरपालिकाले एकपछि अर्को गरिरहेको वडाध्यक्ष चौहानको भनाई छ।
यस्तै,श्रमदानको नाममा जनतालाई राहत दिनुपर्नेमा आहात महशुष हुने गरी रकम संकलन गर्ने पारदर्शिता नगर्ने, वडा नं. ८ को वडा कार्यालयसम्म सडक ढलानमा गरिव जनताको पसिनाको मुल्य हिनामिना पारिएको, गैर कानुनी रुपमा वर्षदिनसम्म भुक्तानी रोक्का गरी कर्मचारीहरुलाई उपमेयरको ठाडो आदेशमा रकम कटौती गर्न लगाई प्राविधिकहरुलाई जवर्जस्ती विल बनाउन लगाई मजदुरप्रति अन्याय गरी श्रमशोषण गर्ने काम नगरपालिकाबाट भएको पत्रकार सम्मेलनमा चौहानले बताएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology