• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा“गोठदेखि ओठसम्म/बारीदेखि बजारसम्म”को नीति

हलेसीमा“गोठदेखि ओठसम्म/बारीदेखि बजारसम्म”को नीति


समायोजन खबर
  • शनिबार, असार २३ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषिलाई प्राथमकिता दिदै “गोठदेखि ओठसम्म/बारीदेखि बजारसम्म” को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    १३ औ नगरसभामा उक्त वार्षिक नीति तथा कार्यक्रम उपमेयर रमेशकुमार राउतले सार्वजनिक गरेका हुन्। १० असारमा उपमेयर राउतले सार्वजनिक गरेको “गोठदेखि ओठसम्म/बारीदेखि बजारसम्म”अन्तर्गत दुध उत्पादनमा आत्मनिर्भर बनाउन व्यवसायिक भैंसी पालन कार्यक्रमलाई निरन्तरता दिने जनाईएको छ। सोही अन्तर्गत नगरपालिकाले दुई माउ भैसी पालिरहेका किसान पहिचान गरी एक लाखका दरले ४४ जना किसानलाई क्रस माउ भैसी वितरण गरिसकेको छ।

    “गोठदेखि ओठसम्म/बारीदेखि बजारसम्म” अन्तर्गत नै बदम खेती, कपास खेती, र केरा खेतीलाई पकेट क्षेत्रको रुपमा विस्तार गरिने, स्थानीय गाई, भैंसी र बाख्राहरुमा कृतिम गर्भधारण गरी नश्लसुधार कार्यक्रम सञ्चालन गरिने, जैविक कृषि उत्पादन र पशुपंक्षीजन्य उत्पादन बढाई व्यवसायिक र औद्योगीकरणमा टेवा पुग्नेगरी कार्यक्रमहरु समुदाय र नगरपालिकासँग साझेदारी गरि सञ्चालन गरिने तथा हलेसीमा निर्माणाधिन कृषि मार्टलाई सम्पन्न गरिने योजना अघि सारिएको छ।

    यस्तै, बाली तथा पशु बीमा कार्यक्रमलाई कार्यान्वयन गरिने, नगरपालिकामा पशुपालन व्यवसायलाई प्रोत्साहन गरी मासुमा आत्मनिर्भर बनाईने, कृषिजन्य वस्तुको संकलन केन्द्र स्थापना साथै कोल्डस्टोर(च्याम्बर) निर्माण गरि कृषि उपज सामाग्रीहरुको मूल्य निर्धारण तथा बजारीकरण गरिने, रैथाने बाली(जुनेलो,गहत,फापर) संरक्षण तथा प्रवद्र्धन गरिने र दीगो विकासको १५ औं लक्ष्य जमिनमाथिको जैविक विविधताको संरक्षणलाई आत्मसाथ गर्दै बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रगान फ्रुटजस्ता नगदेबाली खेती गर्ने कृषकलाई प्रोत्साहन वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ।

    नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा कृषिमा २ करोड ४९ लाख बजेट बिनियोजन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि ७७ करोड ६४ लाख ८९ हजार बजेट ल्याएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology