• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रतन्छामा व्यवसायिक सिलाई कटाई तालिम समापन

रतन्छामा व्यवसायिक सिलाई कटाई तालिम समापन


समायोजन खबर
  • बुधबार, असार २० २०८०

  • तालिममा सहभागिलाई सिलाई कटाई मेसिन हस्तान्तरण गर्नुहुंदै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकास राई।

    समायोजन खबर खोटाङ,साकेला गाउँपालिकामा सञ्चालन गरिएको तीन महिने व्यवसायिक कपडा सिलाई कटाई तालिमको समापन गरिएको छ। “औधोगिक लगानी र पूर्वाधार, समृद्धिको आधार“ भन्ने मूल नाराका साथ साकेला गाउँपालिका र घरेलु तथा साना उद्योग विकास कार्यालय दिक्तेलको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२, रतन्छामा सञ्चालित तालिमको समापन मंगलबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको गर्नुभयो। स्थानीय दश जना महिलाहरु सहभागि भएको तालिम समापन पश्चात व्यवसायिक रुपमा यस पेशालाई अघि बढाउने प्रतिवद्धता जनाएपछि गाउँपालिका प्रमुख राईले दशै जना उद्यमी महिलाहरुलाई सिलाई कटाई मेसिन समेत प्रदान गर्नुभएको छ।

    स्थानीय महिलाहरुलाई उद्यमि बनाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले गरीवि निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत गत वैशाख १० गतेदेखि तालिम सञ्चालन गरिएको थियो। तालिम समापन पश्चात सहभागिहरुले प्रयोग गरेको सिलाई कटाई मेसिन व्यवसायिक रुपमा प्रयोग गर्नेगरी उनिहरुलाई नै हस्तान्तरण गरिएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology