समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४४ जना किसानलाई माउ भैसी वितरण गरेको छ। किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यले अनिवार्य रुपमा दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैसी वितरण गरेको हो।
नगरपालिकाको बाहुनीडाँडा, वडहरे, मंगलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैसी पाल्ने किसान पहिचान गरी माउ भैसी किन्न किसानलाई नै एक÷एक लाख नगद दिईएको थियो। ४४ जना किसानले घरघरमा भैसी ल्याईसकेको नगरपालिकाका पशु सेवा संयोजक सन्देश ताम्राकारले जानकारी दिनुभयो।
ताम्राकारका अनुसार कूल ७५ लाख सर्शत बजेट अन्तर्गत ४४ जना किसानलाई भैसी किन्न एकएक लाख र भैसीलाई गोठ बनाउन प्रति किसान २०/२० हजार प्रदान गरिएको छ। किसानहरुले भैसी ल्याएर गोठ बनाईसकेको र कतिले बनाईरहेको छ।
यस्तै, कूल ७५ लाख सर्शत बजेटभित्रै ४४ जना भैसी पाएका किसानलाई दिनेगरी १० लिटरको ४४ वटा मिल्क क्यान(दुध लगाउने भाडा) नगरपालिकामा ल्याईएको छ। आवश्यकता अनुसार किसानलाई वितरण गर्नकै लागि १३ वटा च्याप कटर मेशिन पनि नगरपालिकामा ल्याएर राखिएको छ।
किसानले पालेका भैसीबाट उत्पादित दुध संकलन गर्न ४ लाख बजेट दुध संकलन केन्द्रलाई छुट्याईएको छ। घर भाडामा लिएर उपर्युक्त स्थानमा दुध संकलन केन्द्र राखिने ताम्राकारले बताउनुभयो। उहाँका अनुसार किसानले ल्याएका भैसीहरुलाई कृतिम गर्भाधान गराईनेछ।
यस्तै, सोही ७५ लाख बजेटभित्रै खानेपानीका लागि ३२ वटा हिलट्याङक ल्याएर नगरपालिकाको प्राङगणमा राखिएको छ। आवश्यकता अनुसार किसानहरुलाई हिलट्याङक वितरण गरिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology