समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एक लाखका दरले १६ वटा आमा समूहलाई बिउँपुजी घुम्तीकोष वितरण गरेको छ।
शनिबार नगरपालिकाको सभाहलमा आमा समूहहरुसँग बिउँपुजीका विषयमा व्यापक अन्तरक्रिया गरेर बिउँपुजी घुम्तीकोष रकमको चेक मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत लगायतले आमा समूहहरुलाई हस्तान्तरण गरेको हो।
नगरपालिकाले जनजागृती आमा समूह राजापानी, अजम्बरी महिला विकास समूह राजापानी, एकता स्वास्थ्य महिला आमा समूह धितुङ, महालक्ष्मी आमा समूह वाहुनीडाँडा र जनसंक्रिय बाबरी आमा समूह सल्लेलाई बिउँपुजी घुम्तीकोषको चेक हस्तान्तरण गरेको महिला तथा बालबालिका शाखा प्रमुख समिक्षा आचार्यले जानकारी दिईन्।
आचार्यका अनुसार दुधकोशी आमा समूह मंगलटार, सिर्जनशील आमा समूह डिकुवा, लालीगुराँस आमा समूह डिकुवा, गैरी सुनकोशी आमा समूह धितुङ, गैरीटोल आमा समूह च्यास्मिटार, परिवर्तन आमा समूह धितुङ, एकिकृत रानीबुङ अमा समूह दुर्छिम, सुरक्षित मातृत्व आमा समूह दुर्छिम, जन्मभूमि आमा समूह वडहरे, अजम्बरी महिला कृषक समूह अर्खौले र गदावारी आमा समूह दुर्छिमलाई बिउँपुजी घुम्तीकोषको चेक हस्तान्तरण गरिएको छ।
बिउँपुजी घुम्तीकोष पाएका आमा समूहले समूहका सदस्यहरुमा कर्जाका रुपमा उक्त कोष परिचालन गर्नेछन्। उहाँहरुले बिउँपुजी घुम्तीकोष उत्पादनमूलक र आय आर्जनलाई जोडेर कर्जाका रुपमा परिचानल गर्नुहुन्छ। आचार्यले भन्नुभयो।
महिलाहरुलाई उत्पादन, जिबिकोपार्जन, आत्मनिर्भर र क्षमता विकासमा अब्बल बनाउने उद्देश्यले बिउँपुजी घुम्तीकोष हस्तान्तरण गरिएको मेयर राईले बताईन्। नगरपालिकाले हालसम्म ५० वटा आमा समूहलाई बिउँपुजी रकम हस्तान्तरण गरिसकेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology