• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सस्तो लोकप्रियताको बजेटले देश आर्थिक संकटमा फस्दै गयो : राई

सस्तो लोकप्रियताको बजेटले देश आर्थिक संकटमा फस्दै गयो : राई


समायोजन खबर
  • शुक्रबार, असार ८ २०८०

  • समायोजन खबर खोटाङ, यतिबेला हरेक स्थानीय तहहरुले बजेट बनाउन सुरु गरेका छन्। आर्थिक वर्षको अन्त्य हुनै लाग्दा स्थानीय तहहरुले आ–आफ्नै नीति तथा कार्यक्रमहरु निर्माण गर्ने कार्य तिव्र रुपमा अगाडि बढाएका छन्। साकेला गाउँपालिका पनि आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको छ।

    यसै क्रममा उक्त गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले देशका अधिकांश स्थानीय सरकारहरुले सस्तो लोकप्रियताका लागि बजेट निर्माण गर्ने गरेको कारण देश आर्थिक संकटमा फस्दै गएको टिप्पणी गर्नुभएको छ। सस्तो लोकप्रियता कमाउनका लागि उपयोग विहिन ठाउँमा स्थानीय सरकारले लगानी गरिरहँदा देश आर्थिक संकटमा फस्नुका साथै संघीयता नै धरापमा परेको अध्यक्ष राईले बताउनुभएको छ।

    शिक्षकहरुको पेशागत संगठन नेपाल शिक्षक महासंघको पालिका स्तरीय दोश्रो अधिवेसनपछि बसेको पहिलो वैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो। सरकारले दिगो विकासको योजनाहरुमा लगानी नगरि अनुत्पादक क्षेत्रमा गरेको लगानीकै कारण छ वर्ष नपुग्दै संघीयता धराशायी बन्नुका साथै देशले आर्थिक संकटको सामना गर्नुपरेको अध्यक्ष राईको टिप्पणी छ।

    स्थानीय सरकारहरुले विगतको पाँच वर्षमा बाँडेका योजनाको अहिले नाम निसानै नभेटिने टिप्पणी गर्नुहुँदै उहाँले आगामी वर्षहरुमा अनुत्पादक क्षेत्रमा गरिने लगानी बन्द गरिने बताउनुभयो। हामीले बाँडेका योजना अनुत्पादक नबनुन्, उहाँले भन्नुभयो– वितरण गरिएका योजनाबाट प्रतिफल लिन सक्यो भने आर्थिक रुपमा स्थानीय सरकार सबल हुन्छ र देश समृद्ध बन्छ। शिक्षकहरुको वैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष राईले शैक्षिक क्षेत्रको गुणस्तर वृद्धिका लागि नीतिगत व्यवस्था गरि आवधिक योजना अनुसारको शैक्षिक कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्दै लगिने समेत बताउनुभयो। हालै सम्पन्न नेपाल शिक्षक महासंघको पालिका स्तरीय दोश्रो अधिवेसनले ईन्द्र कुमार तामाङको अध्यक्षतामा २६ सदस्यीय साकेला गाउँपालिका शिक्षक महासंघ गठन गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology