• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नामाकरणमा माओवादीको भूमिका संदिग्ध र विवादास्पद : खगेन्द्र संग्रौला

प्रदेश नामाकरणमा माओवादीको भूमिका संदिग्ध र विवादास्पद : खगेन्द्र संग्रौला


समायोजन खबर
  • सोमबार, जेष्ठ २९ २०८०

  • पत्रकार सम्मेलनमा लेखक खगेन्द्र संग्रौला,जनजाति अभियान्ता आङकाजी शेर्पा,किरात राई यायोक्खा महासचिव भिम राई लगायत।

    समायोजन खबर खोटाङ, लेखक तथा स्तम्भकार खगेन्द्र संग्रौलाले कोशी प्रदेश नामाकरणमा नेकपा माओवादी केन्द्रको भूमिका अत्यन्त संदिग्ध र विवादास्पद देखिएको बताएका छन्।

    प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आईतबार दिक्तेलस्थित रुपाकोट होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादीले प्रदेश १ को नामाकरणमा अत्यन्त संदिग्ध र विवादास्पद भूमिका खेलेको संग्रौलाको भनाई थियो।

    प्रदेश नामाकरणमा पहिला माओवादीले ल्याप्चे लगायो, पार्टीभित्रका पहिचान पक्षका शक्तिहरुले घेरेपछि गल्ती भो भने, गल्ती भो भनेर पनि मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता गरेन। त्यहाँ पनि माओवादीको दोहोरो चरित्र देखिन्छ। संग्रौलाले भने।

    प्रदेश नामाकरण सच्याउनका लागि सबैभन्दा ठूलो दवाव माओवादीमा दिनुपर्छ, माओवादीले विश्वासघात ग-र्यो। आफैले जन्माएको सन्तानको हत्या  ग-र्यो। माओवादी आफ्नै आस्थाको रक्षा गर्न चाहान्छ भने, विचार र प्रतिष्ठाको रक्षा गर्न चाहान्छ भने फेरी पनि जनताको विचमा पार्टीका रुपमा जिवित रहन चाहान्छ भने प्रदेश नामाकरणको मुद्दा माओवादीले बोक्नुपर्छ । हैन भने माओवादी त राप्रपा जस्तै भयो नि त। संग्रौलाले थपे।
    संग्रौलाले प्रचण्डको भारत भ्रमणको पूजालाई कटाक्ष गर्दै माओवादीले पहिचानको मुद्दा छोड्नु भनेको क्रान्तीका सबै प्रक्रियामा अवरोध उत्पन्न हुनु र क्रान्तीका सबै शक्ति माथि घाटा हुनु बताएका छन्।
    पहिचानको आन्दोलनको प्रकृति अहिले फरक छ। पहिला पहिचानको आन्दोलनमा बैचारिक, नीतिगत र व्यवहारिक रुपमा ठूला पार्टीहरुको प्रत्यक्ष संलग्नता थियो। अहिले ठूला पार्टीको संलग्नता छैन। विरोध छ। गाउँका ठूला र साना शहरमा पहिचानको आन्दोलन स्वस्फुर्त रुपमा चर्किरहेको उहाँको भनाई छ।

    हिक्मत कार्की एमालेको कठपुतली मात्रै भएको र उनले प्रदेशको नाममा निर्णय गर्नै नसक्ने संग्रौलाले बताएका छन्। प्रदेश नामाकरणको षडयन्त्र तीन ठूला पार्टीले सिंहदरवारबाट थुपारिदिएको उहाँको भनाई छ।
    पत्रकार सम्मेलनमा किरात राई यायोक्खाका केन्द्रीय महासचिव भिम राईले पहिचानको आन्दोलनलाई विराटनगरमा स्थगित गरेर गाउँगाउँ केन्द्रीत आन्दोलन र जागरण अभियान थालिएको जानकारी दिए। जनाजाति अभियन्ता आङकाजी शेर्पाले मानव सभ्याता बसाउने जनजातिहरुले नाम मात्रै माग्दा पनि नाम दिन सरकारले गाह्रो मान्नु दुखद र खेदपूर्ण रहेको बताएका थिए । शेर्पाले सरकारको घोर निन्दा गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology