• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नगरपालिका स्तरीय वार्षिक परीक्षामा उत्कृष्ट विधार्थी र विद्यालय पुरस्कृत

नगरपालिका स्तरीय वार्षिक परीक्षामा उत्कृष्ट विधार्थी र विद्यालय पुरस्कृत


समायोजन खबर
  • आइतबार, जेष्ठ २८ २०८०

  • पुरस्कृत विधार्थी र विद्यालयका साथमा मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत लगायत।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थी र विद्यालयलाई पुरस्कृत गरेको छ।  नगरपालिकामा शनिबार बीमा,एम्बुलेन्स शुभारम्भ तथा पूर्णखोप सुनिश्चितता कार्यक्रमको अवसरमा शैक्षिक सत्र २०७९ मा नगरपालिका स्तरीय कक्षा ४–९ सम्मको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको हो।

    नगरपालिकाले २०७९ चैत ९ गतेदेखि १६ गतेसम्म एसईई मोडलमा नगर स्तरीय परीक्षा सञ्चालन गरेको थियो। त्यही परीक्षाबाट उत्कृष्ट जिपिए ल्याई प्रथम हुने विधार्थी र प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताए।

    कार्कीका अनुसार कक्षा–४ मा दामोदर महासिंह आधारभूत विद्यालय दुर्छिमकी ब्रोनिजा राई(३.३४), कक्षा–५ मा हिमगंगा आधारभूत विद्यालय अर्खौलेका भविन पुरी(३.४४), कक्षा–६ मा बुलापन्थे मावि धितुङका पुजना राई(३.२९), कक्षा–७ मा बुलापन्थे मावि धितुङकै अनिल कट्वाल(३.०६), कक्षा–८ मा लक्ष्मी मावि वडहरेका गणेश दाहाल(३.११) र कक्षा–९ मा महेन्द्रोदय मावि महादेवस्थानकी दया राई(३.२१) जिपिए ल्याएर प्रथम भएका थिए । प्रथम हुने ६ जना विधार्थीहरुलाई जनही दश हजारका दरले पुरस्कृत गरिएको छ।

    आधारभूत विद्यालयतर्फ कक्षा ४–५ तर्फ खोक्सेली आधारभूत विद्यालय वडहरे(२.२४) प्रथम, बोझेओडार आधारभूत विद्यालय वडहरे(२.२१)दोश्रो र जनचेतना आधारभूत विद्यालय बाहुनीडाँडा(२.०८) जिपिए ल्याएर तेश्रो भएका थिए । प्रथम, दोश्रो, तेश्रो विद्यालयले क्रमश ५० हजार, २० हजार, १० हजार र प्रमाण पत्र प्राप्त गरेका छन्।नगरस्तरीय परीक्षामा प्रथम सरस्वती मावि अर्खोलेलाई पुरस्कार प्रदान गरिदै।

    कक्षा ६–८ सम्म सञ्चालित विद्यालयतर्फ डिकुवा आधारभूत विद्यालय डिकुवा(१.३४) प्रथम, शान्ती आधारभूत विद्यालय वडहरे(१.२७) दोश्रो र हिमगंगा आधारभूत विद्यालय बाहुनीडाँडा(१.२६) जिपिएसहित तेश्रो भएका थिए । प्रथम, दोश्रो, तेश्रो विद्यालयले क्रमशः ५५ हजार, २५ हजार, १५ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन्।

    कक्षा ६–९ सम्म सञ्चालित विद्यालयतर्फ सरस्वती मावि अर्खोले(१.०७)ले नगरस्तरीय परीक्षामा प्रथम भई दुई लाख पुरस्कार प्राप्त गरे । कालिका मावि बाहुनीडाँडा(०.९०)ले दोश्रो भएर ५० हजार र बुलापन्थे मावि धितुङ(०.८४) जिपिए ल्याएर तेश्रो भई २० हजार रुपौयाँ र प्रमाण पत्र पाएका छन्।

    नगरपालिकाले नगर स्तरीय परीक्षा सञ्चालन गर्दा शिक्षाको अवस्था एकदम कमजोर देखिएको थियो। त्यही कमजोर मध्येबाट जिपिएस बढी ल्याउने विधार्थी र विद्यालयलाई पुरस्कृत गरिएको हो।
    नगर स्तरीय परीक्षा प्रणालीले शिक्षक, विधार्थी ज्यादै कमजोर भएको देखायो। त्यसले गर्दा विधाथीमा पढ्नुपर्छ भन्ने मानसिकता कायम गरेको, कक्षाकोठामा हल्ला हुन छोडेको, कुन शिक्षकले कुन विषय पढाएको र कती नम्बर ल्यायो भन्ने प्रष्ट भएकाले विषयगत शिक्षक पनि विगतका समयमा भन्दा अलिक सचेत भएर पढाउन थालेको मेयर बिमला राईले बताईन्। पुरस्कृत गर्ने नीतिले सकरात्मक सन्देश दिन तथा शिक्षक, विधार्थी, अभिभावक र जनप्रतिनिधिलाई जिम्मेवार बनाउन मद्दत गरेको उहाँको भनाई छ।

    शिक्षाको गुणस्तर उकास्न नगरपालिकाले कार्यदल गठन गरेको छ। अहिले त्यो कार्यदलले नगरपालिकाभित्रका ९० वटा सामुदायिक विद्यालयको यथार्थ रिपोर्ट नगरमा बुझाई रहेको छ। त्यही रिपोर्टलाई आधार मानेर शिक्षाको गुणस्तर उकास्नमा जस्तोसुकै एक्सनमा गइने मेयर राईले बताईन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology