चिसाङ शेर्पा खोटाङ, संस्कृती, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीले खोटाङको सदरमुकाम दिक्तेलबजारमा अग्नि नियन्त्रण(फायर हाईड्रेन्ट)को उदघाटन गरेका छन्।
रम्बाखोलाा माझखोला सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा सञ्चालित खानेपानी आयोजनामा जडान गरेको फायर हाईड्रेन्टको बिहीबार बिहान दिक्तेलबजारको त्रिवेणीचोकमा फायर हाईड्रेन्टको गेडभल्भ खोली पाइपको सहायताबाट पानी आकासतर्फ हानेर उदघाटन गरेका हुन्।
रम्बाखोलाा माझखोला सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाललाई दिक्तेलबजारको दश स्थानमा फायर हाईड्रेन्ट प्वइन्ट जडान गरेको छ। आगलागीका समय त्यही प्वइन्टमा पाइप लगाई पानी तानेर घरघरको छानासम्म पानी लगेर आगो निभाउन सकिनेछ।
दिक्तेलबजारको त्रिवेणीचोक, सल्लेरीटोल, जिरोप्वइन्ट लगायत आयोजनाको पाइप लाइन बिस्तार गरिएको स्थानहरुम फायर हाईड्रेन्ट प्वइन्ट राखिएको रम्बाखोलाा माझखोला सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नवराज जोशीले बताए।
जोशीका अनुसार आयोजनाले दश वटा फायर हाइड्रेन्ट मात्र खरिद गरेर जडान गरिदिएको र संस्थाले पाँच वटा फायर हाईड्रेन्ट खरिद र सबैमा लगाउने ३०/३० मिटरको ९० मिटरका दरले पाइप खरिद गरिएको छ । पाँच वटा फायर हाइड्रेन्ट आवश्यकताका आधारमा जडान गरिनेछ।
फायर हाईड्रेन्ट दमकलमा पानी भर्नका लागि भनेर राखिएको थियो। तर, पानीको रिजर्भ ट्याङकी अग्लो डाँडामा भएकाले पानीको प्रेसर राम्ररी पुग्ने हुँदा दमकलको विकल्पमा नै फायर हाईड्रेन्टबाट आगो निभाउन सकिनेछ।
दिक्तेलबजार साँघुरो भएकाले यस बजारलाई आगलागीको उच्च जोखिममा हेर्ने गरिएको छ। बजारका लागि भनेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पूर्व मेयर दिपनारायण रिजालको कार्यकालमा दमकल खरीद गए पनि दमकल बेकामे भएर थन्किएको छ। नगरको वर्तमान नेतृत्वले दमकलमा त्यति चासो दिएको देखिन्दैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology