समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमको वीउपूँजी अनुदान कार्यक्रम अन्तर्गत महिला कृषक समूहलाई रकम हस्तान्तरण गरेको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राईले समावेशी महिला कृषक समूह साकेला–४ मात्तिमका अध्यक्ष सरीता राईलाई सोमबार एकमुष्ठ ६ लाख २५ हजार रुपैंया रकम हस्तान्तरण गरेका छन्।
वितरण गरिएको रकमबाट समूहमा आवद्ध २५ जना महिला सदस्यलाई जनही २५ हजार रुपैंयाका दरले व्यवसायिक कार्यका लागि वीउपूँजी रकम उपलब्ध हुनेछ। आफूले प्राप्त गर्ने वीउपूँजी अनुदानबाट बाख्रा, तरकारी खेती लगायत व्यवसायमा सदस्यहरुले लगानी गरि वार्षिक रुपमा उक्त वीउपूँजीलाई वृद्धि गर्दै व्यवसायिक बन्नु पर्ने प्रावधान छ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाले विपन्न सुनौलो हजार दिनको आमा तथा किशीरीहरुको आयआर्जन सुधार गरि पोषणमा सुधार गराउने उदेश्यका साथ महिला समूहहरुको लागि प्रस्ताव आह्वान गरेको थियो।
गाउँपालिका भरिका ८ वटा महिला समूहहरुबाट प्रस्तावपत्र आएकोमा समावेशी महिला कृषक समूह साकेला–४ सबैभन्दा उत्कृष्ट समूह छनौट भएको थियो। यसरी छनौट भएको समूहले एक वर्षभित्र समूहलाई सहकारीमा रुपान्तरण गर्नुपर्ने प्रावधान रहेको बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक नविन कुमार राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology