समायोजन खबर खोटाङ, खोटाङमा गोठमा घाँस लगाउन गएका एक पुरुष मृत भेटिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा फुलेलीका ६५ वर्षीय गोपि कामि सोमबार मृत भेटिएका हुन्।
मृतक कामी आईतबार दिउँसो अन्दाजी २ वजे आफ्नै गोठमा गाईबस्तुलाई घाँस हाल्न भनि घरबाट हिडेका थिए।
तर, घाँस लगाए घर नफर्केका कामीको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान ६ बजे घरभन्दा करीव २०० मिटर पुर्ब उत्तरतर्फ बारीको कान्लाबाट करीव २ मिटर तल झरी चिलाउनेको रुखमा घाँटी चेपिएर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
मृतकको अवस्थाका बारेमा प्रहरी चौकी बुईपालाई खबर हुनसाथ तत्काल प्रहरी चौकी बुईपाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटेको टोली घट्नास्थल पुगेको थियो। घट्नाका विषयमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटेर थप अनुसन्धान गरिरहेको छ।
मृतकको शवलाई परीक्षणका लागि आजै जिल्ला अस्पताल दिक्तेल लगिएको छ। आर्थिक अवस्था कमजोर भएका मृतक कामीको श्रीमती, दुई छोरी र दुई छोरा रहेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology