समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले जनप्रतिनिधि निर्वाचित भएको वर्षदिन(३० बैशाख)को खुशियाली सामाजिक सञ्जाल फेसबुकमा ज्येष्ठ नागरिकसँग बसेको, कुराकानी गरेजस्तो देखिने फोटो र क्याप्सन राखेर साटिन।
१६७ शब्दबाट खुशी साट्दै नगरको सुशासन र दिगो बिकासको निम्ती सरोकारवालासँग हातेमालो गर्ने विश्वस्त पारेकी छन्। मेयर राईकै फेसबुक स्टाटस साझा गर्दै उपमेयर रमेशकुमार राउतले समर्थन जनाएको छ।
विजय जुलुसमा मेयर बिमला राई र उपमेयर रमेशकुमार राउत।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले पनि फेसबुकबाटै नगरबासीमा आभार प्रकट गरेका छन्। ‘नगर प्रमुखमा निर्वाचित गराउन रातदिन नभनी मत माग्नका लागि समर्पित आदरणीय व्यक्तित्व, मलाई प्रत्यक्ष सहभागी भई अमूल्य मतदान गर्नुहुने तथा टाढाटाढा बसेर मनदान गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु।’ भट्टराईले १८१ शब्दमा यस्तै भाव झल्कने फोटो र क्याप्सन राखेका छन्।
उपमेयर विसन राईले भने वर्षदिन पुगेकोमा धन्यवाद ज्ञापन गरेको छैन। कुनै खुशियाली साटेको उनको सामाजिक सञ्जालमा देखिन्दैन।
विजय जुलुसमा मेयर तीर्थराज भट्टराई,उपमेयर विसन राई।
रावाबेंशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई, उपाध्यक्ष राजेश राजभण्डारी, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, उपाध्यक्ष अरुणा थापा मगर, खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राई, उपाध्यक्ष रुपेश राईले फेसबुकबाटै भए पनि जनतालाई धन्यवाद ज्ञापन गरेका छैनन्।
जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेबी राई, उपाध्यक्ष खेम बहादुर खड्का, बराहापोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जारा, उपाध्यक्ष भुवलराज राईले पनि वर्षदिनमा न जनतालाई धन्यवाद दिएका छन्, न अनुभव साटेका छन्, न प्रगती विवरण नै सार्वजनिक गरेका छन्।
केपिलासगढी गाउँपालिका अध्यक्षमा निर्वाचित समिर राईलाई खुशीले बोक्दै समर्थहरु।
साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले गाउँपालिकाको लेटरप्याडमै धन्यवाद ज्ञापन गरेका छन्। ‘साकेलावासी जनताहरुको अमूल्य मत प्राप्त गरी निर्वाचित भएको वर्षदिन बितेको खुशी ब्यक्त गर्दै यस अवसरमा गाउँपालिकाको विकास प्रयासमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न हुनुहुने सबै तह र तप्काका महानुभावहरुमा पुनःआभार प्रकट गर्दछु।’ गत शनिबार(३० बैशाख)मा राईले सार्वजनिक गरेको धन्यवाद ज्ञापनमा भनिएको छ।
अमूल्य मतदाताहरुलाई मुस्किलले धन्यवाद दिन भ्याएका जनप्रतिनिधिले खुशीयालीसँगै वर्षदिनमा गरेको प्रगती विवरण सार्वजनिक गरेको देखिन्दैन। वर्षदिनको प्रगती विवरण वेबसाइडमा राखेका छन कि भनेर हामीले त्यहाँ पनि हेरेका थियौ । वेबसाइड धेरै सक्रिय भएको देखिन्दैन।
पदभार ग्रहण गर्दै नवनिर्वाचित गाउँपालिका अध्यक्ष लोकेन्द्र राई ।
जनताले अमूल्य मत दिएर अधिकार सुम्पिएपछि जनताका लागि वर्ष दिनमा केके गरे, केके गर्न सकिएन भन्ने कुरा खुलाउनु पर्दैन, जानकारी दिनुपर्दैन ? कि फेसबुक रङग्याउँदा मात्रै पुग्छ ? जनताको गुनासो छ।
ऐसेलुखर्क गाउँपालिकामा निर्वाचित अध्यक्ष गीरेन्द्र बहादुर राई। तस्विर, खेमराज पुरी
वर्षदिनमा गरेका काम, गर्न नसकेका काम, वाधा, अड्काउ बुझ्ने गरी जनतासँग साट्नुपर्छ । यसले गर्दा जनप्रतनिधिको ओहदा बढ्नेमा कुनै शंका नहुने पूर्व एक जनप्रतिनिधिले बताए। एक नेताका अनुसार जनप्रतिनिधिहरु जनताको काममा भन्दा छलफलमा र भत्तावाला बैठकमा बढी लाग्नाले अहिलेका जनप्रतिनिधिको कामको प्रगती देख्नै मुस्किल भएको बताएका छन्।
मेयर बिमला राई(बायाँ)अध्यक्ष अरुणादेबी राई(दायाँ)
२०७९ बैशाख ३० गते स्थानीय तहको दोश्रो कार्यकालका लागि निर्वाचन भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology