• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय स्थापना

खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय स्थापना


समायोजन खबर
  • शुक्रबार, बैशाख २२ २०८०

  • सम्पर्क कार्यालय स्थापनापछि निर्वाचन चिन्ह घण्टी बजाउँदै रास्वपाका नेताहरु।

    समायोजन खबर खोटाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङमा सम्पर्क कार्यालय स्थापना गरेको छ। दिक्तेलबजारस्थित भानुचोक बरगाछीमा शुक्रबार कार्यालय स्थापना गरेको हो।

    निकट भविष्यमा जिल्लाभर संगठन निर्माण गरिने भएकाले विधिवत रुपमा कार्यालय स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य मन्जु विष्टले जानकारी दिईन्।

    विष्टका अनुसार सम्पर्क कार्यालयमा मुकुन्दकृष्ण थापा, पारस विराट र सोनामहाङ राईलाई सम्पर्क व्यक्तिको रुपमा जिम्मेवारी दिईएको छ।उनीहरुले पार्टीको वारेमा जान्न चाहाने व्यक्तिहरुलाई जानकारी दिने र सदस्य बन्न चाहने व्यक्तिहरुलाई सदस्य बन्न सहजीकरण गर्नेछ। पार्टी सदस्यको संख्या बृद्धिसँगै केन्द्रीय नेताहरुको उपस्थितीमा निकट भविष्यमा जिल्ला कार्य समिति समेत गठन गरिने र जिल्ला कार्य समितिले गाउँ, वडा, गाउँपालिका तथा नगरपालिकाहरुमा संगठन विस्तार गर्नेछ।
    सम्पर्क कार्यालय स्थापनामा रास्वपाका साधारण सदस्य डा. राजकुमार राई र रास्वपा नेता गणेश बस्नेतको उपस्थिती थियो। पार्टीको सदस्यता अनलाईन प्रविधिबाट लिनुपर्ने र सदस्यताको विषयमा केन्द्रले अन्तिम टुंगो लगाउने भएकाले जिल्लाका यतिनै व्यक्तिले पार्टीको सदस्यता लिएको भन्ने बारेमा अहिले नै भन्न नसकिने जनाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology