समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारको रत्नपार्कमा निर्माण गरेको चिल्ड्रेन पार्कको भाँसिएको कम्पाउण्ड वाल भत्काएर बनाउन सुरु गरिएको छ।
सपिङ कम्प्लेक्ससहित २०७८ फाल्गुण ३ गते उमा–लामा–अन्सुबी जेभीले निर्माण सम्पन्न गरेको वालको पछाडीको भाग बर्खाको पानी र जमेको पानीले भाँसिएको थियो। सोमबार मेयर तीर्थराज भट्टराईको टोली र निर्माण व्यवसायी सुनिल राईले प्राविधिकसहित अनुगमन गरेर भत्काएर बनाउने निर्णय अनुसार वाल भत्काएर बनाउन सुरु भएको हो।
कम्पाउण्ड वालको(७.३०) मिटर भाँसिएको तथा चर्किएको देखिएकाले प्राविधिक स्टीमेट अनुसार निर्माण व्यवसायीले तत्काल पुर्ननिर्माण गर्ने सहमती भएको मेयर भट्टराईले बताए । निर्माण व्यवसायीको लगानीमा वाल पुर्ननिर्माण हुनेछ । बढीमा तीन दिनमा वाल पुर्ननिर्माण सकिने निर्माण व्यवसायी राईको दाबी छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको २ करोड ५७ लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँमा पहिलो तलामा १४ वटा सटर, माथिल्लो तलामा छ वटा सटर बराबरको एकवटा रेष्टुरेन्ट हल र स्टलका लागि पाँचवटा कोठा भएको सपिङ कम्प्लेक्स निर्माण गरिएको छ । सोही सपिङ कम्प्लेक्सको पछाडी चिल्ड्रेन पार्क निर्माण गरिएको छ।
चिल्ड्रेन पार्कमा झार पलायो, फोहोरको डंगुर
२०७८ फाल्गुण ३ गते निर्माण गरिएको चिल्ड्रेन पार्कलाई नगरपालिकाले चलाउन नसक्दा त्यहाँ झार पलाएको छ । यत्रतत्र फोहोरै फोहोर थुप्रिएको छ। त्यहाँ खाली बोतल, सिसा, काटन, प्लाष्टिक जताततै फालिएको छ। नजिकैको स्वीमिङ पुलमा बिरालो डुबेर मरेपछि तैरिरहेको देखिन्छ।
शौचालयहरु प्रयोग गर्न नसकिने अवस्थामा छ । शौचालयको ढोका नै भत्किएर लथालिङग छ । सपिङ कम्प्लेक्सको भित्ताहरु फोहोरै फोहोर भएको छ।
विधुतीय संरचनामा लाग्यो खिया
चिल्ड्रेन पार्कको विधुतीय पीङ, सामान्य पीङ, घोडा सवार, कोलम्बसमा खिया लागेको छ । विधुतीय तारहरु बाहिर नै भएकाले जोखिम बढेको छ।
चिल्ड्रेन र्पाक,रेष्टुरेण्ट हल र स्टल भाडामा लागेन
सपिङ कम्प्लेक्सको पहिलो तलाको १४ वटा सटर केही समय अघिबाट भाडा लागे पनि चिल्ड्रेन पार्क, रेष्टुरेन्ट हल र पाँच वटा स्टल नगरपालिकाले भाडामा लगाउन सकेको छैन। भाडामा नलाग्दा नगरको संरचना त्यतिकै थन्किएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology