• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मनसुनजन्य विपत्तीमा परेका नागरिकलाई उद्धार सम्बन्धी अभ्यास प्रदर्शन

मनसुनजन्य विपत्तीमा परेका नागरिकलाई उद्धार सम्बन्धी अभ्यास प्रदर्शन


समायोजन खबर
  • शनिबार, बैशाख १६ २०८०

  • उद्धार सम्बन्धी अभ्यास प्रदर्शन गर्दै नेपाली सेना ।

    समायोजन खबर खोटाङ, खोटाङमा मनसुनजन्य विपत्तीमा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने सम्बन्धी अभ्यास(डेमो) प्रदर्शन गरिएको छ। शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले हाँटडाँडा नजिकै दिक्तेल–आहाले सडकखण्डको खहरे खोला र पहिरो गएको स्थानमा अभ्यास देखाईएको हो।
    जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गतको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको टोलीले पहिरो तथा खोंचमा फसेका व्यक्तिको उद्दार, प्राथमिक उपचार तथा स्वस्थ्य संस्थासम्म लैजान अपनाइने विधिका बारेमा अभ्यास प्रदर्शन गरेका थिए।प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको सदस्यमा जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लास्थित सबै स्थानीय तह, सुरक्षा निकायका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालयहरु, नेपाल पत्रकार महासङ्घ, गैंरसरकारी संस्था महासङ्घ र उद्योग वाणिज्य सङ्घ रहने छन्।उद्धार तथा राहत उपलब्ध गराउने प्रदर्शन गरेको अभ्यास अवलोकन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विशन राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, गोरखनाथ गण मुडे ब्यारेकका गणपति सुजन गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम, रेडक्रस खोटाङका मन्त्री छत्रकुमार बजिमय, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री, सर्वसाधारण लगायत त्यहाँ पुगेका थिए।

    प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्दार गर्ने लक्ष्यका साथ पूर्व तयारीस्वरुप अभ्यास प्रदर्शन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सेडाईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology