समायोजन खबर खोटाङ, नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा कृष्ण प्रसाद आचार्य दोहोरिएका छन्। शनिबार कांग्रेस पार्टी कार्यालय दिक्तेलमा भएको सातौ जिल्ला अधिवेशनबाट आचार्य पुनः अर्को चार वर्षे कार्यकाललाई दोहोरिएका हुन्।
आचार्य अध्यक्ष भएको समितिको खुल्ला उपाध्यक्षमा रमेश थापा, महिला उपाध्यक्षमा उर्मिला आचार्य, सेवाक्षेत्रबाट चिसाङ शेर्पा, अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट श्याम पौडेल निर्वाचित भएका छन्।
सचिवमा विवेक पराजुली, सह–सचिवमा रमेश कुमार खत्री र योगराज लुईटेल तथा कोषाध्यक्षमा प्रमोज घिमिरे, सह–कोषाध्यक्ष(महिला)मा इश्वरा पाण्डे ढकाल चयन भएकी छन्।
खुल्ला सदस्यहरुमा ओम प्रकाश आचार्य, अशोक कुमार शाह, पेशल राई, भुपाल राई, रवि खड्का, महिला सदस्यहरुमा चन्द्रकला आचार्य, देविका राई, सृजना वुढाथोकी रिजाल छन्। अधिवेशनले मधुकला राईलाई महिला संयोजक र पोषराज कार्कीलाई युवा संयोजक तोकेको छ।
अधिवेशनले भोला दाहाल र खेमराज आचार्यलाई प्रदेश महाधिवेशन प्रतिनिधि तथा प्रकाश घिमिरेलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि तोकेको छ। कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्यको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा शिक्षक संघका संघीय प्रतिनिधि शिवहरी ढकाल र ट्रेड युनियन कांग्रेसका प्रदेश प्रतिनिधि एकराज बुढाथोकीको उपस्थिती थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology