• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा आगलागी रोकथाम तथा न्युनिकरण सम्बन्धी छैन जनचेतना

खोटाङमा आगलागी रोकथाम तथा न्युनिकरण सम्बन्धी छैन जनचेतना

डरलाग्दो हावाहुरी र सुख्खा मौसम


समायोजन खबर
  • शुक्रबार, बैशाख १५ २०८०

  • खोटाङको डम्बर्खुशिवालयको कात्तिके सामुदायिक वनमा लागेको डढेलो।फाइल तस्विर।

    चिसाङ शेर्प खोटाङ, गत पुस ४ गते खोटाङको केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलाबजारमा विधुत सर्ट भई पाँच घरमा आगलागी भयो।

    स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, अकबर राईको घर पूर्णरुपमा जल्दा घरधनी तथा भाडामा बस्दै आएका तारादेबी राई, डिल्ली कुमार श्रेष्ठ, दिल गुरुङ, पवन कुमार श्रेष्ठ, हस्त कुमारी राई, लक्ष्मी राई, ईन्द्रकला राई, रत्न गुरुङ र रमेश परियार विस्थापित भए। आगलागीले चार करोड ९९ लाख ३३ हजारको मालसामान नष्ट ग¥र्यो।

    पुस ९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुस्थित मैया श्रेष्ठको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्ण कुमार श्रेष्ठको घर पूर्णरुपमा जल्योे। आगलागीबाट ८४ लाख बढीको क्षति भएको प्रहरीसँग तथ्याङक छ।

    बाक्सिला र बाम्राङका आगलागीबाट विस्थापित परिवार अहिले जसोतसो जीवन गुजारा गरिरहेका छन्। मनकारी दाताहरुको सहयोगबाट जीवन चलाउनमा सहयोग पुगेको देखिन्छ। आर्थिक वर्ष २०७९/०८० को साउनदेखि फाल्गुणसम्म २७ स्थानमा आगलागी हुँदा ३६ घर र ६ वटा सामुदायिक वन जलेर नष्ट भईसकेको छ।
    आगलागीमा २१ वटा चौपाया तथा पंक्षी जलेर मरेका छन्। प्रहरीका अनुसार साउनको आगलागीमा ८, असोजमा १०, मंसिरमा १ र फाल्गुणमा २ वटा चौपाया तथा पंक्षी जले। आगलागीबाट जिल्लाभर आठ करोड २६ लाख ९७ हजार ५०० रुपैयाँको क्षति भईसकेको छ। यस्तै, ४ बैशाख रातीबाट ५ बैशाखसम्म लागेको ढडेलोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा रहेको जनकल्याण सामुदायिक वन नष्ट भयो।

    ६ बैशाखमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले खानेपानीको पाइप जल्दा दुर्छिमकै रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपुर्ती बन्द भयो। वन क्षेत्र डढिसकेपछि डढेलो आफै निभेको थियो।

    बैशाख ६ गते नै जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको कात्तिके सामुदायिक वन डढेलोले सखाप बनायो । प्रायः सामुदायिक वनहरुमा दैनिक डढेलो लागिरहेको देखिन्छ । कतिले राम्रो घाँस पलाउने भन्दै वनमा डढेलो लगाउने गरेको पाईन्छ।धितुङको हात्ती आहालमुनी जंगलमा लागेको डढेलो। तस्विर,कुमार वुढाथोकी।

    तल्लो तहसम्म पुग्नेगरी स्थानीय तहहरुले गरेकोे कार्यक्रमहरुमा बोलाएर विधुतीय जोखिम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिदिन आग्रह गरेमा शैद्धान्तिक र प्रयोगात्मक कार्यक्रम गरिने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए। सचेतनामूलक कार्यक्रमकै लागि बजेट भने कार्यालयसँग नहुने रेग्मी बताउँछन्।

    जिल्ला प्रहरी कार्यालयले भने समुदायमा गएर आगलागी रोकथाम तथा न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्दै सचेतना फैलाउने काम गरिरहेको देखिन्छ। डिभिजन वन कार्यालयले अहिलेसम्म कतै पनि आगलागी सम्बन्धी सचेतना कार्यक्रम गरेको देखिएको, सुनिएको छैन। बरु, समुदायमा पुगेर गर्नुपर्ने सचेतना कार्यक्रम वन कार्यालयले दिक्तेलमा बन्द कोठामा गरेको पाईन्छ।

    आफै कानुन बनाउनेदेखि लिएर आफै बजेट निर्माण र खर्च गर्ने अधिकार प्राप्त संस्था स्थानीय तहले अनावश्यक लाखौ खर्च गरे पनि मानवीय जीवनसँग प्रत्यक्ष जोडिएको आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम अहिलेसम्म गरेको देखिन्दैन। सञ्चार माध्यममा सूचना प्रकाशन तथा प्रसारण गरेकोसम्म पाइन्दैन।
    यो पनि पढ्नुहोस,खोटाङमा आठ महिनामा २७ स्थानमा आगलागी,३६ घर र ६ वटा बन जले

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology