• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘दिप्रुङ चुईचुम्मा गाउँपालिका तारा’ बने दिलीप राई

‘दिप्रुङ चुईचुम्मा गाउँपालिका तारा’ बने दिलीप राई


समायोजन खबर
  • सोमबार, बैशाख ११ २०८०

  • ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा’लाई पुरस्कार प्रदान गर्नुहुंदै गाउँपालिका अध्यक्ष लोकेन्द्र राई।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गर्दै आएको ‘गाउँपालिका तारा सिजन–२’ दिलीप राईले जितेका छन्।

    गायन प्रतियोगीता अन्तर्गत ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’को आइतबार गाउँपालिकाको केन्द्र याङसोलाटारमा सम्पन्न फाइनल अडिसनमा १५ प्रतिष्पर्धीलाई पछि पार्दै टेम्माका दिलीप ‘गाउँपालिका तारा’ बनेका हुन्।

    फाइनलमा पुगेका १६ प्रतिष्पर्धीमध्ये छोरम्बुका प्रदीप राई दोश्रो र छोरम्बुकै संग्राम राई तेश्रो भएको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङले जानकारी दिए।

    ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’मा प्रथम बनेका दिलीपले गाउँपालिकाबाट नगद एक लाखका साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने मौका पाएका छन्।
    दोश्रो स्थान प्राप्त गर्ने प्रदीपले नगद ६० हजार र तेश्रो स्थान प्राप्त गर्ने संग्रामले ३५ हजारसहित ट्रफी पाए । ‘गाउँपालिका तारा’का लागि गाउँपालिकाभित्रका ३९ जनाले अडिसन दिएका थिए।

    गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको खोजी गर्दै ति प्रतिभा प्रष्फुटन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ चालु आर्थिक वर्ष विनियोजन गरिएको बजेटबाट गाउँपालिकाले खोटाङ कलाकार समाज, काठमाडौंसँगको सहकार्यमा दिप्रुङ चुइचुम्मा गाउँपालिका ताराको आयोजना गरेको हो।
    ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा’लाई आगामी वर्ष पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । ‘गाउँपालिका तारा सिजन–१’ २०७६ सालमा सञ्चालन गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology