समायोजन खबर खोटाङ, खोटाङको महुरेगढी प्राविधिक शिक्षालयले सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर ९नियमित०मा ‘शुन्य’ नतिजा ल्याएको छ। सिटिइभिटिले २०७९ जेठमा लिएको परिक्षामा महुरेगढी प्राविधिक शिक्षालयका कुनै पनि विद्यार्थी उत्तिर्ण हुन नसकेका हुन्। सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा महुरेगढीका ४८ विद्यार्थी परिक्षामा सहभागी भएका थिए।
सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा महुरेगढी प्राविधिक शिक्षालय स्थापना गरिएको हो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजाका विषयमा समिक्षा गर्दै कमजोरी सच्याउने योजना बनाइएको शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताए।
सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा प्रदेशभरीका प्राविधिक शिक्षालयमध्ये गणेशमान मेमोरियल एकेडेमी, झापाले सबैभन्दा धेरै ९४.१२ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ। यस्तै, आशर्द सेकेन्डरी स्कुल, बिराटनगर, मोरङको ३७.५० प्रतिशत, दमक पोलिटेक्निक इन्स्टीच्युट, दमक, झापाको २९।५५ प्रतिशत, जालपादेबी सेकेन्डरी स्कुल, पाख्रीबास, धनकुटाको २०.४५ प्रतिशत, मदन भण्डारी मेमोरियल एकेडेमी, उर्लाबारी, मोरङको १८.१८ प्रतिशत, जनता सेकोन्डरी स्कुल, चुलाचुली, इलामको ११.५४ प्रतिशत, कन्काई पोलिटेक्निक इन्स्टीच्युट, कन्काई, झापाको १० प्रतिशत, महानगर बहुप्राविधिक शिक्षालय, बिराटनगर, मोरङको ९.३० प्रतिशत र गोल्डेनपार्क कलेज, बिराटनगर, मोरङको ४.५५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्।
मध्यपहाडी लोकमार्गले छोएको र लेकको मनोरमस्थलमा रहेको प्राविधिक शिक्षालय तत्कालिन प्राविधिक शिक्षालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले २८ जेठ २०७६ मा उद्घाटन गरेका थिए। युवालाई जागीर, उच्च शिक्षा वा उद्यमशिलताको अवशर सिर्जना गर्ने लक्ष्यकासाथ सरकारले खोटाङमा प्राविधिक शिक्षालय स्थापना गरेको हो। सात वटै प्रदेशमा एक–एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार नुनथलामा प्रदेश स्तरिय प्राविधिक शिक्षालय स्थापना गरिएको हो। प्राविधिक शिक्षालयमा खोटाङ वाहेक पुर्वपश्चिमका जिल्लाबाट विद्यार्थी अध्ययन गर्न आइरहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology