• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐसेलुखर्क गाउँपालिकामा शिक्षकको तलव सिधै खातामा

ऐसेलुखर्क गाउँपालिकामा शिक्षकको तलव सिधै खातामा


समायोजन खबर
  • सोमबार, बैशाख ४ २०८०

  • समायोजन खबर खोटाङ,खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको तलव सिधै खातामा हाल्दिने व्यवस्था कार्यान्यवनमा ल्याएको छ। यसअघिसम्म सम्वन्धित विद्यालयको खातामा शिक्षकको तलव जम्मा गरिदिँदै आएको गाउँपालिकाले शिक्षकको तलव मासिक रुपमा सिधै खातामा निकासा दिन थालेको हो।

    तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि गत माघदेखि ‘सूत्र’मार्फत शिक्षकलाई सिधै खातामा तलव हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए। तलवी बिवरणलाई ‘सूत्र’मार्फत कार्यान्वयन गर्ने पालिका प्रदेशमै ऐसेलुखर्क गाउँपालिका र इलामको सुर्योद्धय नगरपालिका मात्र रहेको दावी गरिएको छ।

    यसअघि शिक्षकको तलव सम्वन्धित विद्यालयको खातामा जम्मा गर्ने र विद्यालयले सम्वन्धित शिक्षकको खातामा जम्मा गरिदिने व्यवस्था थियो। तलवका लागि विद्यालयका प्रअ गाउँपालिका पुग्नुपर्ने, प्रअले विद्यालय छाड्दा प्रशासन र पठन–पाठनमा असर पुग्ने र कतिपय प्रअले भनेकोबेला शिक्षकको तलव जम्मा नगरिदिने समस्या हल गर्नका लागि सिधै शिक्षकको खातामा तलव निकासा दिन थालिएको हो । गाउँपालिकामा करिब दुई सयको हाराहारीमा शिक्षक कार्यरत छन्।

    गाउँपालिकाले सिधै शिक्षकको खातामा तलव जम्मा गर्न थालेपछि प्रअको समय बचत भएको छ भने गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनेको आचार्यले बताए। ‘छिटो र छरितो काम हुन्छ । शिक्षकको ग्रेड वृद्धि वारे थाहा हुन्छ। कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ, शिक्षकको अवकाश मिति थाहा हुन्छ,’ आचार्यले भने, ‘कतिपय प्रअले चाररपाँच दिनसम्म शिक्षकलाई तलव दिएन भन्ने गुनासो सुनिन्थ्यो । अव तलवका लागि प्रअले पालिका धाइरहनुपर्दैन । त्यो समयलाई प्रअले पनि पठन–पाठनमा उपयोग गर्न सक्नुहुन्छ।’

    २०७६ सालदेखि ‘सूत्र’ कार्यान्वयनमा ल्याएको गाउँपालिकाले २०७९ सालबाट चेकको सट्टा इएफटी (इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर) कार्यान्वयनमा ल्याएको जनाएको छ । चेकलाई विस्थापित गर्दै ‘रियल टाईम, रियल एक्स्पेन्डीचर’ भन्ने नारालाई कार्यान्वयनमा ल्याइएको आचार्यले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology