समायोजन खबर खोटाङ, मोटरसाइकल दुर्घट्नामा गम्भीर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुईलुङका १३ वर्षीय निश्चल राईको मृत्यु भएको छ।
२८ चैतमा मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ काँडेस्थित सडकखण्डमा मोटरसाइकल एकआपसमा जुध्दा गम्भीर घाईते भएका राईको उपचारका क्रममा अन्नपूर्ण न्युरो सर्जरी अस्पताल माइतीघर काठमाण्डौमा आज(आईतबार) बिहान ६ बजे मृत्यु भएको नेकपा माओवादी केन्द्रका नेता एवंम् राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेस राईले जानकारी दिए।
मृतक राई नुनथलाकै २७ वर्षीय अगम राईले चलाएको बा ६६ प १११४ नम्बरको मोटरसाइकलको पछाडी चढेर दिक्तेलबाट नुनथला जाँदै थिए। जाँदै गर्दा विपरीत दिशाबाट गलत दिशामा आएको बा ६० प ६८६ नम्बरको मोटरसाईकलले उनीहरुलाई ठक्कर दिएको थियो।
दुर्घट्ना लगत्तै निश्चलसहित अगम र अर्को चालक बाम्राङका १७ वर्षीय अश्विन राईलाई फेमेली केयर अस्पतालमा उपचारमा लगिएको थियो। त्यहाँ उपचार संम्भव नभएपछि निश्चललाई सोही दिन हेलिकोप्टर चार्टड गरेर काठमाण्डौ लगिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology