समायोजन खबर खोटाङ, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत प्रदेशका निम्ति छनोट भएका कराते खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ।
२६ चैतमा भएको जिल्ला स्तरीय छनोटबाट प्रदेश स्तरीय छनोटमा परेका तीन महिला र तीन पुरुष गरी जम्मा छ जना खेलाडीको नेपाल सितोरियो कराते संघ दिक्तेलको कभर्ड हलमा २७ चैतदेखि बन्द प्रशिक्षण सुरु भएको हो।
महिला ४० केजी तौल समूह कुमितेमा यादमा राई(समावि दिक्तेल) ४५ केजी तौल कुमितेमा आयुष्मा राई(दिक्तेल अंग्रेजी आवासिय मावि) र ५० केजी तौल कुमितेमा निलम श्रेष्ठ(समावि दिक्तेल) बन्द प्रशिक्षणमा छन्।
पुरुष ४२ केजी तौल समूह कुमितेमा सोनाम रार्ई(समावि दिक्तेल), ४७ केजी तौल कुमितेमा दीपेश राई(महेन्द्रोदय मावि हलेसी) र ५२ केजी तौल कुमितेमा सुर्यचन्द्र राई (दिक्तेल अंग्रेजी आवासिय मावि) बन्द प्रशिक्षणमा रहेको कुमिते प्रशिक्षक मोतिचन्द्र राईले जानकारी दिए।
बन्द प्रशिक्षणमा बसेका खेलाडीलाई बिहान साढे दुई घण्टा र साँझमा साँढे दुई घण्टा कुमितेको मोतिचन्द्र राई र काताको सुमन राईले प्रशिक्षण दिईरहेका छन्। जिल्ला खेलकुद विकास समितिको सिमित सहयोग र अन्य शुभेच्छुक तथा दाताहरुबाट सहयोग संकलन गरी खाने बस्ने, गुणस्तरीय पौष्टिक आहारासहित बन्द प्रशिक्षण गराईरहेको प्रशिक्षकहरुले बताएका छन्। बन्द प्रशिक्षण १० बैशाखसम्म हुनेछ।
बन्द प्रशिक्षण सकेपछि गणस्तरीय खेलकुद सामाग्री र ट्रयाक व्यवस्थापन, प्रदेश प्रतियोगितामा जाने आउने यातायात खर्च तथा गाँसबाँसको सीमित सहयोग र अन्य शुभेच्छुक तथा दाताहरुबाट संकलन गरेको पैसाले व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको नेपाल कराते महासंघका केन्द्रीय सन्जय कुमार राईले बताए। खेलाडीलाई प्रशिक्षण गराउन कभर्डहलको त्यस्तै समस्या छ । केन्द्रीय सदस्य राईले भने, ‘यसैको बाबजुत भए पनि उत्कृष्ट नतिजा ल्याउने गरी तयारी गरिरहेका छौ।’
यसैविच, बैशाख ११ गतेदेखि १३ गतेसम्म प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका खेलाडी प्रथम भएमा ५ हजार, दोश्रो भएका ३ हजार र तेश्रो भएमा २ हजार प्रोत्साहन स्वरुप पुरस्कार दिने करातेका अन्तराष्ट्रिय निर्णायक बिचारी तामाङले घोषणा गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology