• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घट्नामा गम्भीर घाईते भएका राईलाई काठमाण्डौ लगियो

मोटरसाइकल दुर्घट्नामा गम्भीर घाईते भएका राईलाई काठमाण्डौ लगियो


समायोजन खबर
  • मंगलबार, चैत्र २८ २०७९

  • घाईते निश्चल राईलाई काठमाण्डौ लैजान हेलिकोप्टरमा राख्दै प्रहरी र स्थानीय।फाइल तस्विर।

    समायोजन खबर खोटाङ,खोटाङमा एकआपसमा मोटरसाइकल ठक्कर खाई दुर्घट्ना हुँदा गम्भीर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुईलुङका १८ वर्षीय निश्चल राईलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ।

    मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको काँडेस्थित सडकखण्डमा मंगलबार मध्यान्ह १२ः२५ बजे दिक्तेलबाट मुडेतर्पm जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ६८६ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा बा ६६ प १११४ मोटरसाइकलको पछाडी बसेका राई गम्भीर घाईते भएका थिए।

    गम्भीर घाईते राईको टाउको, अनुहार, हातखुट्टा र शरीरका अधिकांश भागमा चोट लागेको थियो। दुर्घट्ना लगत्तै दिक्तेल रत्नपार्कमा अवस्थित फेमेली केयर अस्पतालमा उपचार संम्भव नभएपछि घाईतेलाई हेलिकोप्टरमार्फत अन्नपूर्ण न्युरो अस्पताल माईतीघर पठाईएको नेकपा माओवादी केन्द्रका नेता सुरेस राईले जानकारी दिए।

    निश्चल नेर्पामा बसेर कक्षा ८ को परीक्षा दिई सकेर आफन्तसँग घर जाँदै थिए। निश्चल सवार मोटरसाइकल आफ्नो साइडमा कुदिरहंदा अर्कोपट्टीको मोटरसाइकल रङ साइडमा आएर हानेको राईले बताएका छन्।
    निश्चल चढेको मोटरसाइकल २७ वर्षीय अगम राईले चलाएका थिए। दुर्घट्नामा अगम र बा ६० प ६८६ मोटरसाइकलका चालक बाम्राङका १७ वर्षीय अश्विन राई मध्यम घाइते भएका छन्। उनीहरुको फेमेली केयर अस्पतालमा उपचार भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology