• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वाणिज्य बैंकको सेवा प्रवाह कछुवा गतीमा, भुक्तानी लिन घण्टौ कुर्नुपर्ने बाध्यता

वाणिज्य बैंकको सेवा प्रवाह कछुवा गतीमा, भुक्तानी लिन घण्टौ कुर्नुपर्ने बाध्यता


समायोजन खबर
  • आइतबार, चैत्र २६ २०७९

  • राष्ट्रिय वाणिज्य बैंकको मुख्यद्धारमा बच्चा सुताउँदै पालो कुर्दै महिला सेवाग्राही।

    समायोजन खबर खोटाङ, राष्ट्रिय वाणिज्य बैंक दिक्तेलले टोकन सिस्टम बनाएर सेवा प्रवाह कछुवा गतीमा दिंदा भुक्तानी लिन र बचत गर्न घण्टौ कुर्नुपर्ने बाध्यता छ।

    जिल्ला प्रहरी कार्यालय नजिकबाट २० माघमा सल्लेरी टोलमा भाडाकै घरमा सरेको बैंकले टोकन सिस्टम लागू गरेको हो। बैंकले टोकन लागू गरेता पनि धिमा गतीमा सेवा प्रवाह गर्दा पैसा लिन र जम्मा गर्नलाई कम्तीमा दुई घण्टा बढी कुर्नुपर्ने बाध्यता रहेको भुक्तभोगीहरु बताउँछन्।

    आईतबार बिहान १०ः३९ मा लिईएको टोकनको काम मध्यान्ह १२ः४७ मा मात्रै भएको सेवाग्राहीले गुनासो गरेका छन्। त्यसरी लामो समयसम्म बस्नुपर्दा बैंकमा प्रशस्त मात्रामा बस्ने ठाउँ नभएको, अव्यवस्थित भिड हुने गरेको र समयको बर्वादी भएको बताएका छन्।बैंकले टोकन सिस्टम बनाएर सेवा प्रवाह कछुवा गतीमा दिंदा लागेको भिड।

    बैंकको धिमा गतीले सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सवारी चाकलले घण्टौ समय बैंकमै गुमाउनु परेको छ भने,ज्येष्ठ नागरिक, महिला, असक्तहरुले पाउनुसम्मको शास्ती पाईरहेका छन्।
    केही मात्रामा टोकनको समेत दुरुपयोग हुने गरेको देखिएको छ। बैंक आसपासका व्यक्तिहरुले टोकन लिएर राख्ने र चिनजानकालाई दिदां अघि आउने सेवाग्राही नै पछि परिरहेको देखिन्छ।
    ज्येष्ठ नागरिक, महिला र अपांगले पनि घण्टौ कुर्नुपर्ने
    ज्येष्ठ नागरिक, महिला, अपांगलाई बेग्लै भुक्तानी दिने व्यवस्था बैंकमा देखिन्दैन । त्यसो हुँदा बुढाबुढी, बच्चासहित आएका आमाहरु, अपांग पनि अन्य सरह नै घण्टौ कुर्न बाध्य छन्। बैंकले दुई र तीन नम्बर काउण्टरमार्फत भुक्तानी र बचत तथा एक नम्बर काउण्टरबाट राजस्व र टोकनको भुक्तानी र बचत गर्दै आएको छ।
    एक,दुई दिनमा समस्या सुधार हुन्छ
    बैंकको सेवा प्रवाह तुलनात्मक रुपमा ढिला नै भईरहेको प्रवन्धक काजी बस्नेत स्वीकार गर्नुहुन्छ । नयाँ जनशक्ति आएकाले तुलनात्मक रुपमा केही ढिला भएको र त्यो एकदुई दिनमा सुधार हुने बस्नेतले आस्वसन दिए।बैंकले अनिवार्य गरेको टोकन, तर यसको दुरुपयोग हुने गरेको छ।

    बुढाबुढीलाई टोकन अनिवार्य नगरिएकोे, असक्त अपांगलाई अलग्गै नगद सहायकको काउण्टरबाट झुक्तानी दिने गरेको उहाँको भनाई छ। आमाहरु, बुढाबुढी भएकाहरु बाटाबाटै बसे भने चाँही हामीलाई थाहा हुदैन । उहाँहरुले सम्पर्क राख्नुपर्छ। खोजेर त संम्भव हुन्न। असक्त छु भन्दै म कहाँ आउनुभयो भने चेक खर्च गरेर नगद सहायकको काउण्टरबाट छुट्टै दिने गरेका छौ, दिन्छौ।
    छैन पार्किङ व्यवस्था
    सडक पहुँच र यातायातका साधन बढेसँगै वाणिज्य बैंकमा आउने सेवाग्राहीलाई पार्किङको समस्या छ। सेवाग्राहीले अहिले बैंक अगाडीको सडकनै ढाकेर पार्किङ गर्नुपर्ने बाध्यता छ। जसका कारण दुर्घट्ना हुने संम्भवान बढेको देखिन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology