• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा नक्कली परीक्षार्थी नियन्त्रणमा

खोटाङमा नक्कली परीक्षार्थी नियन्त्रणमा


समायोजन खबर
  • सोमबार, चैत्र २० २०७९

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा एसईई परीक्षामा अर्कैको नामबाट परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर-४ बडहरेस्थित लक्ष्मी मावि केन्द्रबाट परीक्षा दिइरहेका नक्कली परीक्षार्थी सोही ठाउँका २१ वर्षीय राम राई पक्राउ परेका हुन्।

    बडहरेकै २६ वर्षका श्यामराज राईको नाममा उनले परीक्षा दिएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सक्कली परीक्षार्थी श्यामराजले रामलाई परीक्षार्थी बनाएर परीक्षा दिन लगाएको खुलेको केन्द्राध्यक्ष नयन कुमार राईले जानकारी दिए।

    नियन्त्रणमा लिईएको नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए। १७ चैतबाट एसईई पररीक्षा चलिरहेको छ । जिल्लामा तीन हजार ३५४ जना विधार्थीले २३ परीक्षा केन्द्रबाट एसईई दिईरहेका छन्।

    रेगुलरतर्फ तीन हजार २८५ जना, प्राविधिक धारतर्फ ११७ जना र ग्रेड बृद्धितर्फ ६९ जनाले एसईई परीक्षा दिईरहेकोे शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलका प्रमुख व्रिजकिशोर प्रसाद साहले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology