समायोजन खबर खोटाङ,जिल्ला अस्पताल खोटाङका तत्कालिन कार्यालय प्रमुख विमल कुमार देवले म्यादी प्रहरीको स्वास्थ्य परिक्षण गर्दा संकलन भएको पैसा हिनामिना गरेका छन्।
४ मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका निमित्त भर्ना हुने क्रममा ७६० जना म्यादी प्रहरीको स्वास्थ्य परिक्षण गर्दा संकलन भएको ७६ हजार रकम हिनामिना गरेका हुन्। परिक्षण गरे वापत प्रतिव्यक्ति म्यादी प्रहरीले १०० रुपैयाँ अस्पतालाई शुल्क तिरेका थिए।
नियमअनुसार स्वास्थ्य परिक्षण वापत संकलन भएको पैसा अस्पताल सञ्चालन व्यवस्थापन समितिको खातामा जम्मा गर्नुपर्ने थियो। तर, देवले त्यो पैसा अस्पताल सञ्चालन व्यवस्थापन समितिको खातामा जम्मा नगरी गोजीमै राखे।
असोज पहिलो हप्ता जम्मा भएको ७६ हजारमध्ये २१ हजार ४५० रुपैयाँ खाना, खाजा, चिया नास्तामा खर्च, ३१ हजार ५०० र १५ हजार ५०० भत्ता दिईएको देव बताउँछन्। तर, यी खर्चको कुनै प्रमाण देवसँग छैन।
डाक्टर पुस्कल राई, सत्रुघन यादव, सवल कोइराला, रुपेश संग्रौला र आफू स्वयंमले पाँच हजारका दरले र स्वास्थ्यकर्मी सिता शाह, नितु यादवलाई जनही दुई हजार पाँच सय र हेल्थ असिस्टेन्ट निकमार मोक्तानलाई एक हजार पाँच सयका दरले जम्मा ३१ हजार पाँच सय भत्ता दिएको देवले बताए। समितिको खातामै राख्न भनि सबै भत्ता फिर्ता दिईएको डाक्टर पुस्कल राईले बताए।
स्टोरकिपर सुनिल दाहाल, अहेव रोशन पोखरेल, अहेव सन्तोष दाहाल, अहेव राजु खड्का र विवरण संकलक भोजराज श्रेष्ठलाई जनही दुई हजार पाँच सय तथा एम्बुलेन्स चालक सन्देश ढुङगाना र सुरक्षाकर्मी गोपालराज थापा मगरलाई जनही एक हजार पाँच सय गरी जम्मा १५ हजार पाँच सय दिएकोमा उनीहरुले कम भएको भन्दै सबै भत्ता फिर्ता गरेका थिए। भत्ता कुन मितिमा बाँडेको, कुन मितिमा फिर्ता गरेको भनेर देवलाई रेकर्ड माग्दा आफूसँग कुनै पनि रेकर्ड नभएको देवले गैरजिम्मेवारपूर्ण जवाफ दिए।
फिर्ता भएको भत्तासहित अहिले म्यादी प्रहरीको स्वास्थ्य परीक्षण वापतको ४९ हजार ५५० रुपैयाँ पैसा उनै देवले गोजीमा थन्काएर राखेका छन् । उनी स्वयंमले खाएको पाँच हजार फिर्ता गरेका छैनन्। स्वास्थ्य परीक्षणमा खटिएकाहरुलाई भत्ता निर्णय गरेर दिनुपर्ने हुन्थ्यो। तर, देवले निर्णय नगरी भत्ता दिएको बताउँछन्।
भत्ता खान मिल्थ्यो भन्ने प्रश्नमा विहानदेखि वेलुकासम्म खटेकाले भत्ता दिएको देव बताउँछन्। बाँकी रहेका पैसाले एमआरएस इन्टरप्राइजेज त्रिपुरेश्वरबाट दुईवटा जर्मन कम्पनीको अटोस्कोप(कान, नाक, घाँटी चेक गर्ने मेशिन) खरीद गर्न राखिएकोमा हालसम्म सो कम्पनीको मेशिन नआएकाले खरीद नगरीएको देवले बताएका छन्। मेशिन खरीद गर्ने पनि कुनै निर्णय गरिएको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology