• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ उधोग वाणिज्य संघको अध्यक्षमा तीनजनाको उम्मेदवारी दर्ता

खोटाङ उधोग वाणिज्य संघको अध्यक्षमा तीनजनाको उम्मेदवारी दर्ता


समायोजन खबर
  • सोमबार, चैत्र १३ २०७९

  • संघको २५ औं साधारणसभा तथा ११ औ अधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रामकुमार राई।

    समायोजन खबर खोटाङ, खोटाङ उधोग वाणिज्य संघको अध्यक्षमा तीनजनाको उम्मेदावरी दर्ता भएको छ। सोमबार भएको उम्मेदवारी दर्ता अनुसार अध्यक्षका लागि समुन्द्र प्रसाद जोशी, राजन प्रसाद आचार्य र राजेन्द्र लयालुको उम्मेदवारी दर्ता भएको छ।

    वरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार वजिमय, वुद्धि विनोद लुइटेल, प्रथम उपाध्यक्षका लागि विजयश्वर श्रेष्ठ, जयप्रसाद राई र द्धितीय उपाध्यक्षका लागि मणिशोभा राई र फुर्वा दोर्जी शेर्पाको उम्मेदवारी दर्ता भएको छ।

    महासचिवका लागि अजय बस्नेत, सुमन श्रेष्ठ, सचिवका लागि राजु श्रेष्ठ, लेख बहादुर खड्का(बिनोद) तथा कोषाध्यक्षका लागि नेत्र बहादुर कटुवाल र युधिर शाक्यको उम्मेदवारी परेको छ। खुला सदस्यमा १२ तथा महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ।

    सात जना पदाधिकारी तथा खुल्ला सदस्य र महिला सदस्यसहित १० जनाका लागि ३१ जनाको उम्मेदवारी परेको छ। संघको १७ जना निर्वाचित, २ जना मनोनित र निवर्तमान अध्यक्षसहित २० जनाको कार्य समिति हुने प्रावधान छ। १६ चैतमा नयाँ नेतृत्व चयनका लागि संघको अधिबेशन हुंदैछ। यसअघि, राजनीतिक भागबण्डामा पदाधिकारी टुंग्याईएको थियो। तर,भागबण्डा नमिलेपछि आज उम्मेदवारी दर्ता भएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology