• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा चालक, सह चालकलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि प्रशिक्षण

खोटाङमा चालक, सह चालकलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि प्रशिक्षण


समायोजन खबर
  • आइतबार, चैत्र १२ २०७९

  • प्रशिक्षण कार्यक्रममा बोल्नुहुंदै डिएसपी मञ्जिल मुकारुङ। साथमा सहभागी चालक सह चालक।

    समायोजन खबर खोटाङ, खोटाङमा यात्रुवहाक बस, सुमो र अटोका चालक र सहचालकलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि तीनदिने प्रशिक्षण दिईएको छ।

    जिल्ला प्रहरी कार्यालयको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र खोटाङ यातायात प्रालिको सहकार्य तथा समन्वयमा १० चैतदेखि १२ चैतसम्म जिल्ला प्रहरी कार्यालयको सभाहलमा प्रशिक्षण दिईएको हो।

    प्रशिक्षणमा सहभागी १०७ जना चालक, सहचालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिमाल पौडेलले ट्राफिक नियम, दुर्घटना न्युनिकरण, मापसे, क्षमताभन्दा बढी यात्रु बोक्ने, बोलिचाली सुधार, सवारी साधनलाई चुस्तदुस्त राख्ने, जथाभावि पार्किङ र कागजपत्र बोक्नुपर्ने लगायतका विषयमा जानकारी दिएका थिए।

    प्रशिक्षण कार्यक्रमलाई आईतबार नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङको आतिथ्यता तथा प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङको अध्यक्षतामा समापन गरिएको छ। समापनमा सहभागी चालक र सहचालकलाई प्रमाणपत्र प्रदान गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology