समायोजन खबर खोटाङ, खोटाङको जनसंख्या घटेको छ। १० वर्षअघिको राष्ट्रिय जनगणनाको तुलनामा जिल्लाको जनसंख्या ३१ हजार १४ ले कम देखिएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार दुई लाख छ हजार ३१२ जनसंख्या रहेको खोटाङमा राष्ट्रिय जनगणना २०७८ ले एक लाख ७५ हजार २९८ जनसंख्या रहेको देखाएको छ।
जिल्लामा महिलाको जनसंख्या ८८ हजार ६६१ र पुरुषको जनसंख्या ८६ हजार ६३७ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजामा उल्लेख छ । जिल्लाको वर्षिक जनसंख्या वृद्धिदर माइनस १।५६ प्रतिशत रहेको छ। राष्ट्रिय जनगणना अनुसार खोटाङका १० स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम जनसंख्या साकेला गाउँपालिकामा देखिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४३ हजार ८ र साकेला गाउँपालिकामा नौ हजार ६२३ जनसंख्या रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार ०७८, खोटेहाङ गाउँपालिकामा १६ हजार ८४६, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १६ हजार ३०५, केपिलासगढी गाउँपालिकामा १३ हजार २३१, ऐसेलुखर्क गाउँपालिकामा १३ हजार २१७, जन्तेढुंगा गाउँपालिकामा १२ हजार १६, बराहपोखरी गाउँपालिकामा ११ हजार ३९७ र रावाबेँसी गाउँपालिकामा ११ हजार १९९ जनसंख्या रहेको प्रतिबेदनमा उल्लेख छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology